तस्वीर श्रोतः सिएनएन
अमेरिकाको टेक्सास राज्यको एउटा स्कुलमा गोली चल्दा १५ जनाको निधन भएको छ । टेक्ससको युभेल्डस्थित एउटा स्कुलमा उक्त गोलीकाण्ड भएको थियो ।
प्राथमिक स्कुलमा भएको गोलीकाण्डमा १४ जना ससाना बालबालिका र एक जना शिक्षक पनि मारिएका हुन ।
गोली चलाउने १८ बर्षको युवक पनि मारिएको खबर छ ।
राष्ट्रपती जो बाईडेनले यो घटनाको बारेमा जानकारी लिईसकेका छन भने केहीबेरमै यहि घटनालाई लिएर राष्ट्रका नाममा सम्बोधन गर्ने ह्वाईट हाउस श्रोतले जनाएको छ
गोलीकाण्डको विस्तृत बिबरण आउन बाकी नै छ ।