Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

बाना र बानाका अध्यक्ष सुबोध विलास पन्तलाई बाल्टिमोर काउण्टिबाट एकै पटक दुई बिशिष्ट सम्मान

बाना र बानाका अध्यक्ष सुबोध विलास पन्तलाई बाल्टिमोर काउण्टिबाट एकै पटक दुई बिशिष्ट सम्मान

नेप्लिज डायस्पोरा

२२, आषाढ २०७९
images
बाना र बानाका अध्यक्ष सुबोध विलास पन्तलाई बाल्टिमोर काउण्टिबाट एकै पटक दुई बिशिष्ट सम्मान

बानाका अध्यक्ष सुबोध विलास पन्त बाल्टिमोर काउण्टिबाट सम्मानित हुनुभएको छ । 

काउण्टि एक्जुक्टिभ जोन ए. ओजेवस्की जुनियरद्वारा हस्ताक्षर गरिएको साईटेशनमा सामाजिक सेवाका माध्यमबाट समुदायलाई सहयोग पुर्याए बापत सम्मान गरिएको उल्लेख छ । 
 
"बाल्टिमोरका नागरिकका तर्फबाट तपाईका आगामी दिनहरुमा निरन्तर प्रगतीको शुभकामना व्यक्त गर्दछौं ।" साईटेशनमा भनिएको छ । 

एनआरएनए अमेरिका मेरिल्याण्ड च्याप्टर, साथी बाल्टिमोर र बाल्टिमोर एथ्लेटिक्स क्लबले आयोजना गरेको एक कार्यक्रमका क्रममा अध्यक्ष पन्तलाई उक्त सम्मान गरिएको हो ।

विभिन्न संस्थाहरुले गरेको सिफारिशका आधारमा काउण्टि एक्जुक्टिभको कार्यालयले यो सम्मान प्रदान गरेको हो । समाजमा उल्लेख्य योगदान गरेको भन्दै अन्य व्यक्ति र संस्थालाई पनि साईटेशन प्रदान गरिएको थियो । 

0634AC33-28E2-46FD-81FC-67411F061423.jpeg

पन्त बानामा रहेर लामो समय सामाजिक काममा सक्रिय हुनुहुन्छ । उहां दोस्रो कार्यकालका लागि बानाको अध्यक्षमा केही महिना अगाडी निर्वाचित हुनुभएको छ ।

बानालाई नयां उचाईमा लगेको भनेर उहांको प्रशंसा हुने गर्दछ ।

पन्तसंगै काउण्टि एक्जुक्टिभको कार्यालयबाट एनआरएनए मेरिल्याण्ड च्याप्टर, साथी बाल्टिमोरका संस्थापक रमेश भट्ट 'नेपाली छोरो', एनआरएनए कोरियाका पुर्व अध्यक्ष तथा नेपालका तर्फबाट तेक्वान्दो खेलका अन्तराष्ट्रिय खेलाडी राजु क्षेत्री, साथी बाल्टिमोर, नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतीश चापागाई, बाल्टिमोर एथ्लेटिक्स क्लब, नेपाली अमेरिकन कन्भेन्सनका अध्यक्ष व्यास विसुलाई पनि यो सम्मान प्रदान गरिएको थियो ।  

यसैबीच सोही कार्यक्रममा काउन्सिल मेन डेविड मार्क्सले पनि बाल्टिमोरको पुरानो संस्था बानालाई सम्मान गर्नुभएको छ । बानाले बाल्टिमोरका नेपाली र यहांको समुदायमा पुर्याएको सहयोगलाई सम्मान गरिएको हो ।

"सम्मान गर्ने संस्थाहरु र सरकारी निकायलाई म हार्दिक धन्यवाद व्यक्त गर्दछु।" नेप्लिज डायस्पोरासंग बोल्दै बानाका अध्यक्ष सुबोध पन्तले भन्नुभयो ।

3F97EAB2-4DE5-45C1-98C1-A09690FAF0DA.jpeg

 

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - १९:११:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend