शनिबारबाट औपचारिक रुपमा सुरु हुन लागेको एसियाली खेलकुदको १९ औं संस्करणमा अहिले टर्च र्याली भइरहेको छ। जसमा नेपालको तर्फबाट एसियाडका पदक विजेता दिपक महर्जनले सहभागिता जनाएका छन्।
बुधबार भएको र्यालीमा महर्जनले एसियाड टर्च र्यालीमा नेपालको प्रतिनिधित्व गरेका हुन्। चीनको ह्वानझाउमा आयोजित एसियाडमा यो पटक सबै सहभागि देशले टर्च र्यालीमा आफ्ना सहभागि पठाएर प्रतियोगिता अघि टर्च र्याली गरीरहेका छन्। नेपालले पनि सो अवसरको सदुपयोग गरेको हो।
२०० बढी सहभागिमाझ दिपकले नेपालको तर्फबाट प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताए। उनले भने ‘पहिलो पटक एसियाडको टर्च र्यालीमा सहभागि हुने अवसर पाउँदा खुसि लागेको छ। नेपालको प्रतिनिधित्व गर्दै र्यालीमा टर्च बोक्न पाउनु सबै नेपालीका लागि खुसिको दिन हो।’
महर्जन सोमबार र्यालीका लागि चीनतर्फ प्रस्थान गरेका थिए। नेपाली बक्सिङ टिमका मुख्य प्रशिक्षक समेत रहेका महर्जन अब प्रशिक्षणरत टिमसँग जोडिने छन्। नेपाली बक्सिङले २४ तारिखमा एसियन खेलमा प्रतिस्पर्धा गर्दै छ। नेपाली बक्सिङले महर्जनलेनै २०१० को एसियाली खेलकुदमा बक्सिङमा काश्य पदक जितेयता पदक जित्न सकेको छैन।