Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेलाई मेक्सिकोबाट नै आफ्नो देश फर्काइने सहमति

मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेलाई मेक्सिकोबाट नै आफ्नो देश फर्काइने सहमति

नेप्लिज डायस्पोरा

८, आश्विन २०८०
images
मेक्सिकोबाट अमेरिका प्रवेश गर्नेलाई मेक्सिकोबाट नै आफ्नो देश फर्काइने सहमति

मेक्सिको हुँदै गैरकानुनी तरिकाले अमेरिका प्रवेशमा रोक लगाउनका लागि दुई देशका अधिकारीबिच नयाँ सम्झौता भएको छ । अमेरिका र मेक्सिको बिच भएको एक सहमति अनुसार तल्लोबाटो हुँदै अमेरिका प्रवेश गर्ने जो कोहिलाई पनि मेक्सिकोको बोर्डरबाट नै उनीहरुको देश फर्काइने भएको छ । यो सहमति पछि विभिन्न देश हुँदै मेक्सिकोबाट अमेरिका प्रवेश गर्न चाहनेका लागि बाटो बन्द नै भएको छ ।

मेक्सिकोका अधिकारीले अमेरिकी बोर्डर सुरक्षाका अधिकारीसँगको भेटमा यो सहमति भएको सीएनएनले जनाएको छ । शुक्रबार भएको बैठकले अमेरिकामा गैरकानुनी तरिकाले प्रवेश गर्न रोक लगाउनका लागि नयाँ सहमति फलदायी बन्ने बताइएको छ ।

केहि दिन अगाडी टेक्सासको एलपासोको बोर्डरमा मेक्सिकोबाट आउने कार्गो ट्रेनलाई पनि रोकेको थियो । त्यसपछि बोर्डरमा कडा सुरक्षा गर्नका लागि दुबै देशका अधिकारीबिच बैठक भएको थियो ।

मेक्सिकोका एल पासो, सान डियागो, एगल पास, टेक्सासका मेयरबिच भएको बैठकले स्टेट अफ इमरजेन्सी लगाउनेपनि निर्णय गरेका छन । उनीहरुले गैरकानुनी तरिकाले भित्रिने आप्रवासीलाई रोक्नका लागि केहि नियम बनाएर लागु गर्ने भएका छन ।

यसका साथै अमेरिकाले मेक्सिकोको बोर्डरमा सुरक्षाका लागि ८ सय नयाँ नेश्नल गार्डलाई पठाउने भएको छ । बुधबार अमेरिकी सुरक्षा बिभागले यो निर्णय गरेको हो । अहिले मेक्सिको बोर्डरमा सुरक्षाका लागि २५ सय नेश्नल गार्ड तैनाथ रहेका छन ।

तल्लोबाटो हुँदै अमेरिका प्रवेश गरेका ६ हजार ५ सय ब्यक्ति अझैपनि एल पासोको जेलमा रहेका छन । साथै हरेक दिन दुई हजार मानिस एल पासोको बोर्डरबाट अमेरिका प्रवेश गर्ने गरेको बताइएको छ । यो सातामात्र तल्लोबाटोबाट बोर्डर पार गरेर आउनेको संख्या हरेक २४ घण्टामा आठ हजार ६ सय पुगेको बताइएको छ ।
जसमा हरेक दिन ३५ सय मानिसलाई सुरक्षाकर्मीले समात्ने गरेको बताइएको छ । यसको रोकथामका लागि मेक्सिकोले अमेरिकासँग १५ वटा बुधामा सहमति जनाएको छ । जसलाई मेक्सिकोले कार्यान्वयन गर्ने भएको छ ।

आफ्नो भविष्य सुरक्षित गर्नका लागि मेक्सिकोबाट धेरै आप्रवासीहरु अमेरिका प्रवेश गर्ने गरेका छन । जसमा धेरै नेपालीपनि रहेका छन । दलाललाई लाखौं रुपैयाँ तिरेर अमेरिका आउनेका लागि अब भने निकै कठिन हुनेछ ।

मेक्सिकोका अधिकारीका अनुसार यो निर्णय कार्यान्वयन गर्न र थप बलियो बनाउनका लागि दक्षिण अमेरिकी अरु देशसँगपनि कुरा गर्ने बताएको छ । साथै मेक्सिकोले जनवरीदेखि सेप्टेम्बरसम्म सात लाख ८८ हजार आप्रवासीलाई आफ्नो देश फिर्ता पठाएको बताएको छ ।

images
प्रकाशित मिति :आश्विन ८, २०८० सोमवार - ०१:१०:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend