Logo

आइतवार, श्रावण २४ गते २०८३   |   2026 August 09

images

images

दशै कप भेट्रान्स फुटबलमा नोभा च्याम्पियन

दशै कप भेट्रान्स फुटबलमा नोभा च्याम्पियन

रोशनबहादुर सिंह

२९, आश्विन २०८०
images
दशै कप भेट्रान्स फुटबलमा नोभा च्याम्पियन

हिमालय बाल्टिमोर युनाइटेड एफसीको आयोजनामा सम्पन्न दशै कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि नोभ भेट्रानले जितेको छ । फाइनलमा बाल्टिमोर एथ्लेटिक क्लबलाई पाँच दुई गोल अन्तरले पराजित गर्दै नोभा पहिलो संस्करणको च्याम्पियन बनेको हो ।

बाल्टिमोरको कटन्सभिलमा भएको फाइनलमा नोभाले खेलको सुरुवात देखि नै दबाब बनाएको थियो । जसमा नोभाले शिशिर अधिकारीको गोल मार्फत खेलमा अग्रता बनाएको थियो । त्यसपछि ज्याक्सन सुनुवारले नोभाका लागि दोस्रो गोल गरे । पहिलो हाफमा दबदबा बनाएको नोभाका लागि सिनतेनले तेस्रो गोल गरेका थिए । उसका लागि बाँकी दुई गोल दिपक र मिलनले गरेका थिए । 

बीएसीका लागि एलेन र यसुले एक एक गोल गरेका थिए । प्रतियोगिताको सर्वाधिक गोलकर्ता नोभाका ज्याक्सन बने । यस्तै प्रतियोगिताको सर्वोत्कृष्ठ खेलाडी बीएसीका एलेन बने । प्रतियोगिताको फेयरप्लेको उपाधि सुदुरपश्चिमले पायो । 

८ टिमको सहभागिता रहेको प्रतियोगिता दुई दिनसम्म चलेको थियो । उपाधिसँगै नोभाले २५ सय डलर हात पार्यो भने उपविजेता बनेको बीएसीले १५ सय डलर पायो । 

विजेता टिमका खेलाडीलाई डेलिगेट्स ह्यारी भण्डारी, बानाका अध्यक्ष सुबोध पन्त, एनआरएनए बाल्टिमोर च्याप्टरका अध्यक्ष कुल गुरुङले पुरस्कार वितरण गरेका थिए । 

यो प्रतियोगिताका लागि पहिलो पुरस्कारको प्रायोजन साथी बाल्टिमोरका संस्थापक अध्यक्ष रमेश भट्टले गरेका थिए । कार्यक्रममा डेलिगेट्स ह्यारी भण्डारीले हिमालय बाल्टिमोर युनाइटेड एफसीलाई साइटेसनपनि प्रदान गरेका थिए । 

 

images
प्रकाशित मिति :आश्विन २९, २०८० सोमवार - २१:५४:४९ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend