Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

अमेरिकामा पनि रमाईलोका साथ खेलियो देउसी भैलो

अमेरिकामा पनि रमाईलोका साथ खेलियो देउसी भैलो

रोशनबहादुर सिंह

२९, कार्तिक २०८०
images
अमेरिकामा पनि रमाईलोका साथ खेलियो देउसी भैलो

नेपालीहरुको दोस्रो ठूलो चाँड तिहार आएसँगै नेपालमा जति रौनक छाएको छ, त्यति नै नेपालबाहिर बस्ने नेपालीहरुले पनि आफ्नो तरिकाले मनाइरहेका छन । आफ्नो जन्मथलोको सम्झनालाई केहि हदसम्म बिर्साउन भएपनि प्रदेशमा रहेका नेपालीले तिहारलाई सकेसम्म उल्लासका साथ मनाइरहेका छन ।

तिहारमा भाईटिकासँगै अर्को रमाईलो देउसी भैलो खेल्नु रहेको छ । जसलाई अमेरिकामा पनि मज्जाले मनाइएको छ । अमेरिकाका विभिन्न शहरमा रहेका नेपालीले सकेसम्म मिलेर देउसी भैलो खेलेका छन । नेपालका अनुसार समय नमिलेपनि आफ्नो अनुकुल पारेर उनीहरुले देउसी खेल्ने परम्परलाई अमेरिकामा पनि निरन्तरता दिएका छन । 

अमेरिकाको मेरिल्याण्ड, पेन्सलभेनिया, भर्जिनिया लगायतका राज्यमा रहेका नेपालीले देउसी भैलोलाई विशेष रुपमा मनाएका तस्विर र भिडियोहरु सामाजिक सञ्जालमा निकै देखिएका छन । बाल्टिमोरमा रहेका नेपालीहरुले आफ्नो आफ्नो तरिकाले देउसी खेलेर मनाएका छन । जसमा विभिन्न संस्था र समाजहरुले यसको आयोजना गरेका थिए भने यहि अवसरमा नेपाली चर्चित गायक प्रकाश सपुतले पनि तिहारकै अवसरमा सांगितिक प्रस्तुती दिएका थिए । 

मेरिल्याण्डमा बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिकाले पनि देउसीको आयोजना दुई दिनसम्म गरेको थियो । यस्तै एनआरएनए बाल्टिमोर च्याप्टरले पनि यसको आयोजना गरेको थियो भने पर्बत समाज, सुदुरपश्चिम समाज, इनासले पनि देउसीको आयोजना गरेको थियो । यसका साथै एक समुदायमा बस्दै आएका नेपाली मिलेर पनि कार्यक्रम गरेका थिए । 

नेपालमा जस्तै देउसी भैलो खेल्नका लागि धेरैको सहभागिता समेत रहेको थियो । जसमा बालबालिका देखि पाकाले पनि रमाईलो गरेका थिए । दशै जस्तै तिहारलाई पनि उपयुक्त साईत पारेर अमेरिकापनि मनाउने गरेका छन । यस्तै नेपालमा बुधबार भाईटिका रहेकोमा अमेरिकामा बुधबार उपयुक्त साईत पारेर मनाईनेछ । 

 

images
प्रकाशित मिति :कार्तिक २९, २०८० बुधवार - ०६:३४:४१ बजे

रोशनबहादुर सिंह

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend