Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

साउदी अरब पठाइ दिने भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ

साउदी अरब पठाइ दिने भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ

images
साउदी अरब पठाइ दिने भन्दै ठगी गर्ने मेनपावर सञ्चालक पक्राउ

काठमाडौं । रोजगारीका लागि साउदी अरब पठाइ दिने प्रलोभनमा पारेर एक लाख २५ हजार रुपैयाँ ठगी गर्ने दुई जना मेनपावर सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–९ घर भई हाल काठमाण्डु महानगरपालिका–३१ बस्ने ४२ वर्षीय लक्ष्मण विश्वा र काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१० की ४० वर्षीया सोफी मल्ललाई पक्राउ गरेको हो ।

 

आरोपी लक्ष्मणले काठमाडौं–३१ पुरानो बानेश्वरमा ओसो रिक्रुटिङ मेनपावर सञ्चालन गरेर ओमबाबु साहलाई वैदेशिक रोजगारीका लागि साउदी अरब पठाउने प्रलोभनमा ठगी गरेका थिए ।

 

साउदी अरब पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक ४० हजार रुपैयाँ तलब हुने भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी १ लाख २५ हजार रुपैयाँ रकम लिई सम्पर्कविहीन भएपछि पक्राउ गरिएको हो ।

 

आरोपीलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।

images
प्रकाशित मिति :पौष ४, २०८० बुधवार - ०३:००:४६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend