Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अनुभुती (लघुकथा )

अनुभुती (लघुकथा )

नेप्लिज डायस्पोरा

१४, आषाढ २०८१
images
अनुभुती (लघुकथा )

अनुभुती (लघुकथा )

स्कुटरकाे आवाज सुन्नेबित्तिकै सानी छाेरीले चिच्याउदै भनि -“बाबा आउनु भयो ,बाबा— ।” भर्याङ ओर्लेर बाबालाई अंगालाे हाल्दै साेधी-“मेरालागि के के ल्याइदिनुभयाे ? म म , पिज्जा छ कि छैन ?” बाबाले छाेरीलाई उचालेर छातीमा टाँस्दै भने-” ल्याउन त ल्याएको छुँ तर मेराे बुनु बाहिरको खानेकुरा मन पराउनु हुन्न ! हगि?।

 

बुनुले लाडे बनेर भनि-” मन त पर्दैन तर खान मन लागेको छ ।” बाबाले प्रसङ्ग बदल्दै भने-” मामाघरकाे बसाइ कस्तो रह्यो त?” बुनुले ओठ लेप्राउँदै भनी-“मलाई त मन परेन । हजुरआमाले मलाई माया नै गर्नु भएन । मसंगै खेल्न मान्नु भएन, कस्ताे छुच्चि ! ”

बाबाले जिज्ञासा राखे -” तिमीले के आधारमा भन्यौं छाेरी ?” बुनुले बाबाको जुङ्गा मुसार्दै भनी-“मैले नमस्कार गरेकाे फर्काउनु भएन । म संगै खेल्नु आउनु भनी कति कर गरेँ तर उहाँले वास्तै गर्नु भएन । चुपचाप फुलेर एकैठाँउमा बस्ने । हामीलाई रिस गर्ने । माया नगर्नेकाेमा नजाने अब हस् बाबा !”

छाेरीकाे चिउँडाे मुसार्दै बाबाले भने -“हाे नि हजुरआमाले माया गर्नुहुन्न ! उहाँले देखाउन पनि जान्नु हुन्न । किनभने उहाँले कान सुन्नुहुन्न ,अनि हिड्न पनि सक्नुहुन्न । बुनु निरास भएर भनी-“मैले धेरै सताएछुँ नि हजुरआमालाई ।”

बाबाले भने -” हामीले आफ्नो अनुभुतीका आधारमा अरुको मुल्यांकन गर्छाैं जुन सत्य नहुन सक्छ ।” बुनुले दुबै हातले आफ्नो कान समाउँदै भनि-“सरि बाबा हाम्राआँखाले देखेको पनि सधैं सत्य नहुन सक्छ !” बुनुकाे गाला चिमाेटदै दाँत किटेर बाबाले भने-” मेरी प्यारी,ज्ञानी बुनु !”

-गाेपीराम भण्डारी
हाल :काभ्रेपलान्चोक

images
प्रकाशित मिति :आषाढ १४, २०८१ बिहिवार - ०४:५७:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend