एनआरएनए अमेरिकाको १३ औं साधारण सभा तथा ज्ञान सम्मेलन आज मेरिल्याण्ड राज्यको बाल्टिमोरमा शुरु हुदैछ ।
कार्यक्रममा सहभागी हुन पदाधिकारीहरु, साधारण सदस्यहरु र अभियन्ताहरु बाल्टिमोरमा शुक्रबारदेखि नै आउने क्रम जारी छ ।
उद्घाटन कार्यक्रमको सम्पूर्ण तयारी सकिएको साधारण सभा तथा ज्ञान सम्मेलनका कन्भेनर विकास उप्रेतीले जानकारी दिए ।
उद्घाटन कार्यक्रममा चार सय प्रतिनिधिको सहभागीता रहने आयोजकको विश्वास रहेको मिडिया संयोजक सतीश चापागाईंले जानकारी दिए ।
आज उद्घाटन कार्यक्रम सकिएलगत्तैको समय साईन्स एण्ड टेक्नोलोजीका कार्यक्रमहरुमा दिनभर छलफल र परामर्श हुने पनि चापागाईंले जानकारी दिए ।
आईतबारको दिन वन्द सत्रको लागि छुट्याईएको पनि चापागाईले बताए ।