Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाको मेरिल्याण्डमा नेपाली मतदाताको महत्व बढ्दै

अमेरिकाको मेरिल्याण्डमा नेपाली मतदाताको महत्व बढ्दै

नेप्लिज डायस्पोरा

१७, कार्तिक २०८१
images
अमेरिकाको मेरिल्याण्डमा नेपाली मतदाताको महत्व बढ्दै

अमेरिकामा निर्वाचन नजिकिदैं छ । निर्वाचन आउदै गर्दा यहांका नेपाली भोटरहरुले पनि महत्व पाउन थालेका छन् । एशियन मूलकी बर्तमान उपराष्ट्रपति कमला ह्यारिश राष्ट्रपतिमा उठेपछि नेपालीको मत धेरै कमलालाई नै जाने विश्वास पनि गरिएको छ ।

 

मेरिल्याण्डमा रिपव्लिकन पार्टीमा पनि नेपाली राम्रै संख्यामा आबद्ध भएको पाईन्छ । तर, अहिलेसम्म कुनै पोष्टमा देखिदैनन र खुलेर कुनै सार्बजनिक कार्यक्रम गरेको जानकारीमा छैन ।

 

कमलाले टिकट पाएको डेमोक्रेटिक पार्टिमा धेरै नेपालीहरु खुलेरै आबद्ध पनि छन् । डेमोक्रेटिक पार्टीबाट नेपाली मूलका ह्यारी भण्डारी मेरिल्याण्डको हाउसमा डेलिगेट नै छन्।  स्टेट डेलिगेट भण्डारी पनि अहिले आफ्ना पार्टीका उमेद्वारहरुलाई विजयी बनाउन सक्रियताका साथ लागेका छन् । 

 

अघिल्लो निर्वाचनमा मेरिल्याण्ड राज्यबाट डेमोक्रेटिक पार्टीमा केन्द्रिय सदस्य निर्वाचित भएका सतीश चापागाई पनि पार्टीका विभिन्न कार्यक्रममा व्यस्त देखिन्छन् । “यो दुई महिना अति नै व्यस्त भएं ।” चापागाई भन्छन्, “पार्टीका चुनावी अभियान केन्द्रित कार्यक्रमहरु मै बढि सक्रिय भएको छु । पार्टीमा नेपाली मतदाताहरुको महत्व स्थापित गर्न सकिएकोमा खुशी लाग्छ ।”

 

मेरिल्याण्डको डेमोक्रेटिक पार्टीमा नेपालीहरुलाई भिजिबल बनाउने हस्तिहरुमा डाक्टर श्याम कार्की र तरुण पौडेलको नाम अग्रपंक्तिमा आउछ । डाक्टर कार्की पनि यतिबेला अति नै सक्रिय छन् । हरेक कार्यक्रमहरुमा उनको उपस्थिती र सहभागीता देख्न सकिन्छ । डाक्टर कार्की भन्छन, “हामीले भोट दिने मात्र हैन हाम्रो महत्व पनि देखाउन सक्नुपर्छ ।” त्यहि भएर कार्की उमेद्वारहरुसंग नजिकको सम्बन्ध राख्छन र नेपालीहरुको मतको महत्व बताउंदै आउंछन ।

 

त्यस्तै समाजसेवी तरुण पौडेल पनि यो निर्वाचनमा उमेद्वार र भोटरबीचको सम्बन्ध गराईरहन र नेपाली समुदायलाई डेमोक्रेटिक पार्टीसंग सम्बन्ध स्थापित गर्न लामो समयदेखि क्रियाशील छन् । नेपालीहरु भोट हाल्ने र उमेद्वार हुने प्रक्रियामा सामेल हुनुपर्छ भन्ने पौडेलको तर्क छ । 

 

अमेरिकाभरी नै नेपालीहरु डेमोक्रेटिक पार्टीमा बढि संख्यामा सक्रिय छन् । मेरिल्याण्डमा पनि यो संख्या बढि छ र बढ्ने क्रममा छ । 

 

एनआरएनए अमेरिकाका पूर्ब अध्यक्षहरु डोलनाथ घिमिरे र राजु पराजुली पनि पार्टीका  विभिन्न गतिबिधीमा सहभागी हुदै आएका छन् । दुबैजना सक्रिय पनि छन् । “हामीले हाम्रो आउने पुस्ताको लागि बाटो खनेर छोड्नु पर्छ ।” राजु पराजुलीले भने ।

 

नेपालीहरुको सहभागीतालाई यहांका नेताहरुलो पनि राम्रो र उत्साहजनक रुपमा हेरेका छन् । पार्टीका डेलिगेट कार्ल ज्याक्सन नेपाली माझ अति नै भिजेका डेमोक्र्याट नेता हुन् । उनी भन्छन्, “म विगत केही वर्षदेखि नेपाली समुदायसँग साझेदार र मित्र हुन पाउँदा धेरै खुसी छु र मलाई थाहा छ कि डिष्ट्रिक ८ का मेरो पार्टीका सबै सहकर्मीहरूले यस्तै महसुस गर्छन्।”

 

डेमोक्रेटिक पार्टीमा सक्रिय हुनेहरुमा ईन्द्र बहादुर थापा, रमेश भट्ट, रविन शर्मा, जितेन गुरुगं, प्रविन खड्का, केश बहादुर गुरुगं यो निर्वाचनमा अग्रपंक्तिमा देखिन्छन् ।

images
प्रकाशित मिति :कार्तिक १७, २०८१ शनिवार - २०:४०:२६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend