फिप्नाले लुम्बिनी प्रदेशका पूर्व - मुख्यमन्न्त्री डिल्ली बहादुर चौधरी संगको अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ।
नेपाल आदिवासी जनजाति महासघं अमेरिका (फिप्ना)ले यही नोभेम्बर ९ शनिबारको दिन लुम्बिनी सरकारका पू्र्व- मुख्यमन्त्री , केन्द्रीय सरकारमा पूर्व श्रम तथा रोजगार राज्यमन्त्री तथा लुम्बिनी प्रदेश को प्रदेश सभा सदस्यको रूपमा सेवा गर्दै आउनु भएका माननिय डिल्ली बहादुर चौधरीसॅगको Meet & Greet कार्यक्रम फिप्नाकै ऑफिस एल्महर्स्ट मा सम्पन्न गरेको छ ।
फिप्नाका अध्यक्ष तोरण गुरुङ को अध्यक्षतामा भएको सो कार्यक्रमको सन्चालन फिप्नाका महासचिव दीपक चौधरी र सचिव दाजिमा शेर्पाले गर्नु भएको थियो भने सम्पूर्ण अतिथि एवं आमणंत्रित हरूलाई फिप्नाका वरिष्ठ उपाअध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य द्वरा स्वागत गर्नु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथि डिल्ली बहादुर चौधरी संगै थारू कल्यानकारिणी सभाका केन्द्रिय कोषाअध्यक्ष चुर्ण बहादुर चौधरीको पनी उपस्थिति रहेको थियो । फिप्नाका सल्लाहाकार सघिंयपरिषदका सभामुख , सदस्य संस्थाका प्रतीनिधीहरु र नेपाल सरकारका पूर्व पर्यटन सद्भावना दुत केशव राम राई ,जन सम्पर्क समितिका महासचिव मुनीन्द्र नेम्वाङ नेपालिजम डटकमका प्रमुख सम्पादक प्रदीप परीयार थापा लगायत फिप्नाका सभामुख एवंम कार्यसमितिहरु र सदस्या संस्थाका प्रतिनिधीहरुको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा सुरुवाती चरनमै फिप्नाका सचिव दाजिमा शेर्पाले प्रमुख अतिथि डिल्ली बहादुर चौधरीले गर्नु भएका संघर्षहरु ,२ लाख कमैयाहरुलाई मुक्त गराएउनु भएका कुराहरू र सोहि कार्यगरेर पाउनु भएका सम्मानहरुका बारेमा उल्लेख गर्दै कार्यक्रमलाई सहज बनाउदै सुरुवात गर्नु भएको थियो ।
प्रदीप परीयार थापा ले भखर भखर आदिवासीहरु नेपालमा जुर्मुराउन थालेको बेला नै १९९४ मै रिबोक भन्ने अमेरीकाको एउटा जुत्ता कम्पनिबाट युथ ह्युमन राइट अवार्ड डिल्ली बहादुर चौधरीले पाउनु भएको बताउदै जुन अवार्ड एउटा जनजातीको छोराले पाएको भनेर ठुलो हलचल मच्चेको र त्यो बेला जनजाती त के सिंगों नेपाल देशले नै पनी अन्तर्राष्ट्रीय सम्मान पाउन गारो थियो भन्ने कुराको सम्झना गराउदै माइति नेपाल को अनुराधा कोइराला गुरुङ,इन्दिरा राना मगर ,महावीर पुन,सुन्दुक रुइत लगायतका ब्याक्तीहरुले धेरै राम्रो राम्रो कामहरु गर्दै हुनुहुन्थ्यो तर केही नाम निसाना नभएको अवार्ड पाउनु त कल्पना बाहिर कै कुरा रहेको पनि बताताउनु भयो । जुन बेला जो डिल्ली बहादुर चौधरी ले थारु समाजमा गर्नु भएको योग्दान र उहाहरुको संस्था वेस ले दिएको र सिकाएको काम बाट इन्टरनेट सामाजिक सन्जालको जमना आएर प्रचार,प्रसार को आधारमा जे जती सिएनएन हिरोहरु बन्नु भयो यो डिल्ली बहादुर चौधरीलेकै प्रेरणा र संघर्षका परीणामहरु हुन भन्ने कुरा पनी प्रस्टाउनु भयो ।
त्येस्तै अतिथी चुर्ण बहादुर चौधरी ले आफुले पनि नेपाल आदिवासीजनजाती संस्थाकै सदस्या संस्था थारू कल्यानकारिणी सभामा रहेर काम गर्दै आइरहेको र कमैया मुक्तीको लागी हातेमालो गरेर अघि बढ्दै आएको कुरा उल्लेख गर्नु भएको थियो
प्रमूख अतिथि,डिल्ली बहादुर चौधरी ले आफ्नै बाजेहरु र बाबाको प्रेरणाले कमैया मुक्तीको लागी लड्ने र शिक्षाको ज्योती बाड्न पर्छ भन्ने ज्ञान पाएको कुरा बताउनु भयो । आफ्नै बाजे बाउहरुले पनी आन्दोलन गरेका थिए जुन आफ्नै थाकथलोहरु बचाउनको लागि लाग्नु भएको थियो जुन बेला त्यहॅाका जमिनदारहरुलाई रातरात मार्न आउने र अकालमा ज्यान समेत गुमाउनु परेको कुराहरु देखेर आफु मुक्ती आन्दोलनको बाहक बन्न बाध्यता भएको कुरा बताउनु भएको थियो । त्यो बेला शिक्षाको क़मीको कारण त्यहॅाका जमिनदारहरुले खालि कागजमा औलाछाप हान्न लगाउने र आफ्नो सम्पतीको पनि सुरक्षा गर्ने क्षमता नहुने र फोकटमा आफ्नो जमिनहरु गुमाउनु परेको पिडालाई रोक्न शिक्षाको आबस्याकता महशुस गरी सबैलाई शिक्षा दिने अभियानमा लागी २०४० सालमा ६२ जनालाई पढाईमा जोडाउनु भएको कुरालाई जोड्दै हामीले आफ्नोलाई चिनेर एकअर्कालाई सापोट गर्नु पर्छ। यसरी एक जुट हुन सके कसैले पनि केही गर्न नसक्ने कुरालाई जोड्दै सम्पुर्ण भाषाभाषी ,संस्कारसंस्कृती भएका हामी आदिवासीहरु एक अर्कालाई सहयोग गरेर अगाडि बधनु पर्छ भन्ने कुरामा जोड़ दिनु भयो।
हरेक गाउॅगाउॅहरुमा पैदल यात्रा गरेर पिछाडीएका थारुहरुलाई संगठित गर्दै शिक्षामा आकर्सित गराउदै आफ्नो अस्तित्व र पहिचान को महत्वो बुझाउदै आफ्नो जमिनहरु गुमाउनुको कारणहरु बुझाउदै आर्थिक संकलन गर्दै ६ हजार भन्दा बढी क्लासहरु सन्चालन गरेको कुरा बताउदै हामीले केही पाउन मेहनत नै गर्ने हो र आदीवासीहरु मेहनत गरेर आफ्नै परिश्रममा विस्वास गरेर खाने जाती हौ । हामीले निरन्तर मेहनत गरीरहन पर्ने र अमेरीका का आदिवासीहरुले पनी यूनियन देखी सबै तिर आफ्नो पहुँच पुराउन नजिक बनाएर अघि बढ्न सुझाब दिनुभयो ।
त्येस्तै आफ्नो कुरालाई जोड्दै नेपालमा कमैया आन्दोलनको कारण आदिवासीहरु सबैले सौलीयत पाएको पनि बताउनु भयो किन की नेपालमा पहीले मजदुरहकुको लागी कानुन थिएन नेपाल सरकारको मात्र कानुन भएको कुरा प्रस्टाउदै हामी संग चुनौतीहरु धेरै छन तर अपर्च्युनिटी पनी छ "सेभ द कल्चर सेल द कल्चर " हामिले आफ्नो संस्कार संसस्कृतीलाई बचाउदै आफ्नै संस्कृति अनुरुपका खानपान र लुगालट्टाहरु बेचेर आय आर्जन तिर अग्रसर हुन पर्ने कुरा बताउनु भएको थियो ।
औपचारिक कार्यक्रम को समापन संगै सभाध्यक्ष तोरण गुरुङ ले हामी आदिवासी ,मुलबासी हौ भन्ने कुराहरु नै भुल्दै आएका थियौ हामीलाई त्येस्तै कोंच दिदै आफ्नो संस्कार र संस्कृति लाई झ्याउला रुढीबादी भनेर घृणा मान्ने मानसिकता राज्यसत्ताले बनाएको अवस्थामा जसरी आदीवासी जनजातीहरु को आन्दोलनहरु सुरु भए तब हाम्रो आखा खुल्दै आएको र हामीले आफ्नो पहिचान मौलीकताई माया गर्न जानेका हौ भन्ने कुरा प्रकट गर्नु भएको हो साथै हामीले हामीलाई मत्वालीको उपनाम दिए स्वीकारेउ, जनजातीको उपनाम दियो सुइकारेउ हुदा हुदा हामीले आदीवासी सम्म भन्ने अवस्थ सिर्जना गर्रेका छौ अझै हामीले मुल बासी हौ भनेर हामी भूमिपुत्र मुलबासीको वास्तविक अर्थ दिनु पर्छ र यस्को लागी हामीले राजनैतिक चिन्तन र क्षमतालाई र अभिवृद्वी गर्न सक्नु पर्ने आदी बताउदै कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै औपचारिक कार्यक्रम समापन गर्नु भएको थियो ।