Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकामा मापसे गरि गाडी चलाउंदा दुई नेपालीको ज्यान गयो, अरु दुई जना घाईते

अमेरिकामा मापसे गरि गाडी चलाउंदा दुई नेपालीको ज्यान गयो, अरु दुई जना घाईते

नेप्लिज डायस्पोरा

८, मंसिर २०८१
images
अमेरिकामा मापसे गरि गाडी चलाउंदा दुई नेपालीको ज्यान गयो, अरु दुई जना घाईते

तस्वीर साभारः विजय बगालेको फेसबुकबाट

बाल्टिमोर/अमेरिका

अमेरिकाको भर्जिनिया राज्यको च्यान्टली शहरमा सवारी साधन दूर्घटना हुँदा २ जना नेपाली युवकको ज्यान गएको लाउडन काउन्टी शेरिफको कार्यालयले पुष्टि गरेको छ ।

 

 लाउडन काउन्टी शेरिफको कार्यालयले दुर्घटनाका गाडी  चालकको नाम मात्र सार्वजनिक गरेको छ । शेरिफको कार्यालयले मादक पदार्थ सेवन गरि गाडी कुदाउने चालक भर्जिनिया अल्डी शहरका ३० बर्षिय विजय तामाङ भएको जनाएको छ । प्रहरीले चालक  तामाङलाई ज्यान मार्ने उद्योग मुद्दा लगाईएको छ ।

 

प्राप्त जानकारी अनुसार अनुसन्धानमा संम्लग्न अधिकारीका  दुर्घटनाको कारण रक्सी सेवन गरी गाडी चलाएको भएको विश्वास गरेपनि थप आरोपहरू विचाराधीनमा समेत रहेको बुझिएको छ।

 

भर्जिनियाको च्यान्टलीमा नोभेम्बर २२ शुक्रबारका दिन बिहान तामाङ्गले चलाएको फोर्ड मस्टाङ गाडी बाटोबाट बाहिर गएर रुखलाई ठक्कर दिई दुर्घटना भएको र दुई जनाको मृत्यु भएको र दुई जना घाइते भएको भनेर अधिकारीहरूले बताएका छन्।

 

मस्टाङका चालक तामाङ्गले लाउडन काउन्टी पार्कवे तथा टल सिडार्स पार्कवे नामक सडकको छेउमा रहेको, डलस अन्तर्राष्ट्रिय विमानस्थलको ठीक दक्षिणमा र पूर्वतर्फ जाँदै गर्दा अमेरिकी समय अनुसार शुक्रबार बिहान करिब १२:३० बजे दुर्घटना भएको लाउडन काउन्टी शेरिफको कार्यालयले जनाएको छ।

 

“सन् २०२३ मा निर्मित मस्टाङ गाडी सडक मुनि गइ रूखमा ठोक्किएको थियो । दुर्घटना हुँदा तामाङ्गको एक मात्र कार (सवारी साधन )संलग्न थियो। यात्रु रहेका दुई जनाको मृत्यु भएको हो।” शेरिफको कार्यालयले भनेको छ । मृतक र अर्को घाईतेको परिचय खुलाइएको छैन ।

 

तामाङलाई अधिकारीहरूले कारागार पुर्‍याउनु अघि अस्पताल लागेका थिए । दुर्घटनामा उनलाई के कति चोटपटक लागेको हो भन्ने बताईएको छैन । तेस्रो यात्रु पनि घाइते भएको तर अधिकारीहरूले उनको चोटबारे थप विवरण दिई नसकेको एनबिसीवाशिंगटनले जनाएको छ ।

 

प्रहरीले अनुसन्धान गर्दा टल सेडार्स पार्कवे (मार्ग )करिव ७.५ घण्टा बन्द गरिएको थियो । तामाङलाई बिना धरौटी कारागारमा राखिएको छ ।

 

अध्यावधिक गरिएको: चारै जना पुरुष भएको पुष्टि :

लाउडन काउन्टी शेरिफ कार्यलयले अघिल्लो समाचारमा तीन यात्रुहरू दुई पुरुष र एक महिलाको रूपमा पहिचान गरेको जनाएको थियो तर पछि चालक सहित अन्य तीन यात्रीहरु पनि पुरुष नै भएको भन्दै सच्याइएको बताएको छ ।

समाचार श्रोत: ईनेप्लिज डटकम

images
प्रकाशित मिति :मंसिर ८, २०८१ शनिवार - ०८:५७:५३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend