Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

फिप्नाद्वारा मेन्टल हेल्थ फस्र्ट एड

फिप्नाद्वारा मेन्टल हेल्थ फस्र्ट एड

नेप्लिज डायस्पोरा

१२, मंसिर २०८१
images
फिप्नाद्वारा मेन्टल हेल्थ फस्र्ट एड

 

 एनवाइसिनेपालन्यूज संवाददातान्यू योर्क सिटी। नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिका (फिप्ना) ले मेन्टल हेल्थ फस्ट एड प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।

 

फिप्नाले नेशनल काउन्सिल फर बिहेभियरल हेल्थसँग मिलेर नेपाली समुदायका झण्डै दुई दर्जन मानिसलाई नोभेम्बर २३ मा यो प्रशिक्षण दिएको हो। यो प्रशिक्षणसँगै उनीहरु मानसिक स्वस्थमा समस्या भएका मानिसलाई प्राथमिक उपचार उपलब्ध गराउन सक्ने भएका छन्।

 

 

मानसिक स्वस्थमा समस्या भएका मानिसलाई पहिचान गरी त्यस अनुसार प्राथमिक उपचार गराउन नसक्दा गम्भीर समस्या उत्पन्न हुने गरेको छ। गत मार्च २७ मा न्यू योर्क सिटी पुलिसले विन रोजारियो नामक मानसिक स्वस्थमा समस्या भएका बङ्गाली मूलका १९ वर्षीय युवालाई गोली हानी मारिदिएको थियो।

IMG_2016.jpeg

 

रोजारियो आफैले प्रहरीलाई फोन गरी सहयोग मागेका थिए। सहयोगका लागि क्विन्सको ओजोन पार्कस्थित रोजारियोको घर पुगेका प्रहरीले नै गोली हानेका थिए। प्रहरीसँग मानसिक रोग पहिचान र उपचार गर्ने स्वास्थ्यकर्मी थिएनन्।

 

प्रशिक्षणपछि गैर आवासीय नेपाली सङ्घ अमेरिका (एनआरएनए) का अध्यक्ष सूर्य लम्सालले मेन्टल हेल्थ फस्र्ट एड प्रशिक्षण कार्यक्रम धेरै महत्वपूर्ण भएको बताए। ‘मेरो सिस्टरको मृत्युपछि श्रीमान, जो मेरो असल मित्र पनि हुनुहुन्थ्यो, साह्रै विक्षिप्‍त हुनुहुन्थ्यो,’ उनले भने, ‘उहाँले आत्महत्या गर्नुभयो। आजको प्रशिक्षणपछि मैले सुसाइडल सिम्टम्सबारे थाह पाएँ। उहाँले त्यतिबेला पर्याप्त सुसाइडल सिम्टम्स देखाउनु भएको थियो। मैले त्यतिबेला ती सिम्टम्स पहिचान गर्न नसक्दा एउटा असल मित्र गुमाउनु पर्‍यो।’ उनले प्रशिक्षणले आफ्नो नजिकका मानिसको मानसिक स्वास्थ्य पहिचान गर्न र उनीहरूको रेखदेख गर्न सक्षम बनाएको बताए।

 

बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चलेको प्रशिक्षणमा प्रशिक्षकहरूले संस्कार र लोकलज्जाका कारण मानसिक स्वास्थ्यमा भएको समस्या लुकाइने गलत अभ्यास रहेको बताए। उनीहरूले विभिन्न अध्ययनले मानसिक रोग लागेको १२ वर्षपछि मात्र उपचार खोज्ने गरेको देखाएको उल्लेख गरे।

 

प्रशिक्षकहरूले ‘इफ यु ह्याभ ब्रेन, यु ह्याव मेन्टल हेल्थ’ भन्दै हरेकले आफ्नो मानसिक समस्याको उपचार खोज्नु आवश्यक रहेको बताए।

 

फिप्नाका अध्यक्ष तोरण गुरुङले कोभिड १९ प्याण्डेमिकपछि मानसिक स्वास्थ्यमा समस्या बढेको उल्लेख गर्दै यस्ता प्रशिक्षण कार्यक्रमले नेपाली समुदायमा मानसिक रोगसँग लड्न क्षमता अभिवृद्धि गर्ने बताए। ‘अहिलेको ब्यवस्था समयमा मानिस विभिन्न कारणले डिप्रेस्ड हुन्छ, उनीहरूमा पेनिक एटेक हुन्छ, त्यसका लागि मेन्टल हेल्थ प्रशिक्षण आवश्यक छ,’ उनले भने।

 

फिप्नाका महासचिव दीपक चौधरीले समुदायमा मानसिक स्वास्थ्यको अवस्था र महत्वबारे प्रकाश पारे।

 

एनवाइसी डिपार्टमेन्ट अफ हेल्थ एण्ड मेन्टल हाइजिनकी कम्युनिटी प्लानिङ एण्ड इङ्गेजमेन्ट डिभिजन अफ मेन्टल हाइजिन डाइरेक्टर कर्कलिन एस्कोन्डोले नेपाली समुदायका अगुवाहरुलाई मेन्टल हेल्थ फस्ट एड प्रशिक्षण दिन पाउँदा खुशी व्यक्त गरिन्।

 

उनले यो प्रशिक्षणले नेपाली समुदायमा मानसिक रोग पहिचान गर्न र उपचार खोज्न सहयोग पुग्ने विश्वास व्यक्ति गरिन्। उनले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेकी थिइन्।

images
प्रकाशित मिति :मंसिर १२, २०८१ बुधवार - २०:४६:४१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend