Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

नेपाल बनाउन डायस्पोराका नेपालीलाई रातो कार्पेट बिच्छ्यायौंः कार्यबाहक राजदूत आरण

नेपाल बनाउन डायस्पोराका नेपालीलाई रातो कार्पेट बिच्छ्यायौंः कार्यबाहक राजदूत आरण

नेप्लिज डायस्पोरा

१४, चैत्र २०८२
images
नेपाल बनाउन डायस्पोराका नेपालीलाई रातो कार्पेट बिच्छ्यायौंः कार्यबाहक राजदूत आरण

सान फ्रान्सिस्कोक्यालिफोर्निया अमेरिका

ईश्वरी न्यौपाने

नेपालका कार्यबाहक राजदूत शरदराज आरणले नेपाल बनाउनका लागि डायस्पोराका  नेपालीलाई रातो कार्पेट बिच्छ्याउनु पर्ने बताउनु भएको छ । विदेशमा रहेको नेपाली डायस्पोरा मुलुकको लागि सबैभन्दा ठुलो सम्पत्ती रहेको उल्लेख गर्दै हाउँले  नेपाल निर्माण गर्न  लागि नेपाली डायस्पोरालाई वेलकम गर्नुपर्नमा जोड दिनुभयो । 

अमेरिकामा ६ महिनादेखि कार्यबाहक राजदूतको जिम्मेवारीमा रहनुभएका आरणले  भन्नुभयोनयाँ नेपाल बनाउनेसमुन्नत नेपाल बनाउने समृद्धि नेपाल बनाउनको लागि नेपाली डायस्पोरालाई डिग्निटी सहित नेपालमा बस्ने वातावरण बनाएर उहाँहरुको पूँजी र सिपलाई नेपालमा एट्याक्ट गर्नैपर्छ । नेपाली महावाणिज्य दूताबास सान् फ्रान्सिस्कोद्वारा बुधवार यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा वासिंटन डिसीदेखि पुग्नुभएका आरणले आत्सम्मान महसुस हुनेगरी  यो भूमि मेरो होमेरा पुर्खाहरुको पनि हो मेरा अरु सन्ततीहरुको लागि पनि हो भन्ने फिल गराउनुपर्छ भन्नुभयो । 

त्यसका लागि नीतिगत सुधारप्रकृयागत सुधार ,के गर्ने हो त्यो सबै चिज गर्नुपर्छउहाँले भन्नुभयोत्यसपछी अटोमेटीकल्ली  डायस्पोरा जान्छन् । हामीेले नेपाल नबुझेकोनेपाली नै नजान्नेलाई नेपाल गईदेउनेपालमा लगानी गरिदेउनेपालमा व्यापार गर भन्दा उसले नपत्याउने बताउनु भयो । 

अब नेपालमा स्थायी सरकार आएको र पार्टीहरुको घोषणा पत्रले पनि एकदमै सकारात्मक दिशातफ नेपाली डायस्पोरालाई तान्न खोजिरहेको जस्तो देखिन्छ । यो राइट टाइम आएको छ । यो अवसरलाई हामीले समयमै लविंग गर्न जरुरी छ ।

डायस्पोरा नै सबैभन्दा ठुलो पूँजी भएको उल्लेख गर्दै  विश्वकै शक्तिशाली मुलुक अमेरिकामा रहेका नेपालीलाई  नेपालबाट एकदमै हाइली स्किल मानिने बताउनुभयो । उहाँले नलेजईन्फरमेशनर पुँजीमा पनि सबै हिसाबले हाइली स्कील वर्गले नेपालको विकासलाई झन् ठुलो कन्ट्रीबयूशन हुन्छ उहाँले भन्नुभयो । 

नेपालीलाई पनि नेपालमा समान अधिकार हुनुपर्ने माग जायज रहेको पनि उहाँको भनाई थियो । कानूनी रुपले कहाँ फल्ट छजसले गर्दा हामीले लगानी गर्नुस् लगानी गर्नुस लगानी कहाँ गर्ने किन गर्ने त्यसको रिर्टन कसरी ल्याउन सकिन्छ त्यसको सुनिश्चित गरिनुर्छ भन्ने बिषयहरु एचित रहेको आरणको भनाई छ । 

 

विदेशबाट सँगै नेपाल गएका दाजुभाईमा भाई भिसा लिन लाग्नुपर्छ दाई सुई सुई जानुपर्छ विभेदको उदाहरण दिंदै उहाँले भन्नुभयोनेपाली ने भएर पनि भिसा लिनुपर्छ । त्यो प्रश्न आउँछअर्को नेपाली नागरिकता हाम्रो छ त्यसको किन कन्टिन्युशन नभाको हामीले वंशजको नागरिकता लिएको हो । अर्को नागिरिकता लिएको हो र वंशजको नागिरिकता पनि किन निरन्तर नभएको भन्ने प्रश्न पनि छ । यसतर्फ सरकारको निति पनि प्रष्ट हुनुपर्ने उहाँको भनाई छ । 

नेपाल सरकारले गैर आवासीय नागरिकता पनि दिएको छ परिचय पत्र पनि दिएको छ । तर रकारी अड्डामा कसैले चिन्दैन । त्यसबाट जग्गा किन्छु भन्दा पनि हडल छ । मेरो बाउ बाजेको सम्पत्ती म मा हस्तान्तरण होस् न भन्दा पनि हडल छ । यो के किसमको हो भन्ने प्रश्न छ । नीतिगत रुपमा सबै प्रष्ट हुनुपर्यो । भूमिमा टेक्ने बित्तिकै गर्व महसुस गर्नुपर्छ । नेपाली दाजुभाई तिमिमा केही फरक छैन । सेम ट्रिटमेण्ट हुन्छ  भन्ने विश्वास दिलाउनुपर्छ भन्नुभयो । लगानी गर्नको लागि पूर्ण अधिकार छ भन्ने हुनुपर्छ  भन्ने डायस्पोराको भनाई अत्यत जायज छ र सकारात्मक छ । यसलाई अब राजनीतिक नेतृत्वलाई बुझाउन जरुरी छ । 

वातावरण नयाँ परिवेश सिर्जना भएर मुलुकले पाँच वर्षको नयाँ सरकार पाएको छ । नयाँ सरकारसँग नयाँ ढंगले पुर्ण जोशकासाथ काम गर्नुपर्दछ । राजनितिज्ञहरु सुध्रिएपरिवर्तन आयोकर्मचारीमा पनि निश्चय नै सुधार आउँछ । सुधारिएको कर्मचारी तन्त्र आउँछसुध्रनु पर्छ त्यसको कुनै बिकल्प छैन । सुध्रन्छ पनि । रकर्मचारीतन्त्रराजनितिज्ञ र नेपाली डायस्पोरा हामी सबै मिलेर नेपालको विकासको लागि पहलकदमी लिनुपर्छ उहाँको भनाई थियो । 

बे एरिया क्षेत्रमा बसोबास गर्ने विभिन्न उद्यमपेशाव्यवसाय तथा क्षेत्रसँग सम्बद्ध नेपाली समुदायका प्रतिनिधिहरूसँग छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा हर्कुलस सिटीका काउन्सील सदस्य डिल्ली भट्टराईसान् फ्रान्सिस्कोका महावाणिज्य दूत लक्ष्मण खनालउप महावाणिज्य दूत ऋषिराज आचार्ययुसिएसएपफका एशोशियट प्रोफेसर डा. तारा सिग्देलअन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष सर्वज्ञ वाग्लेसमाजसेवी चिनकाजी श्रेष्ठमदरल्याण्ड नेपालका अध्यक्ष अनील पाण्डेअन्तरानेपाल तामांग संघका अध्यक्ष सूरज पाख्रिनसमाजसेवी कृष्ण गिरीएनआरएनएका निवर्तमान अध्यक्ष हरी ओझाक्यालिफोर्निया शेर्पा संघका अध्यक्ष गोम्बु शेर्पा लगायतले आफ्नो धारणा राख्नु भएको थियो । 

images
प्रकाशित मिति :चैत्र १४, २०८२ शनिवार - ०२:२६:२७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend