Logo

शुक्रवार, आश्विन २ गते २०८३   |   2026 September 18

images

images

मुरली ( लघुकथा )

मुरली ( लघुकथा )

नेप्लिज डायस्पोरा

३१, भाद्र २०८३
images
मुरली ( लघुकथा )

मुरली ( लघुकथा )

वृन्दावनमा साँझ पर्नै लागेको थियो।

श्रीकृष्णले मुरलीमाधुन भर्ने प्रयास गर्न थाल्नुभयो । नित्य चराचरलाई मन्त्रमुग्ध पार्ने मुरली आज मौन थिई । उसले कृष्णजीको प्रश्वाशलाई अशुद्ध ठहर्याई । ध्वनित हुन राजी भइनँ ।

कृष्णजीकोललाटमा चहक फैलियो । अंगवस्त्रमा स्थान दिनुभयो त्यसलाई। त्यहाँ पनि ऊ अडिन सकिन ! धूलोमा पछारिई  विचरी।

टाढाको बटुवाले मन थाम्न सकेन ।

श्रीकृष्णजीसित सोध्यो उसले । “प्रभु, ।मुरली आज भुइँमा किन ?”

कृष्णजीले भुइँतिर नजर दिंदै प्रकट गर्नुभयो वाणी ।

“हिजोसम्म ऊ खोक्रो थिई ।मेरो झन्कारको प्रवेशले घन्कन्थ्यो संगीत । आज ऊ भौतिकी शक्तिले भारी भएकी छे ।”

बटुवा मौन भयो ।

उसले आँखा चिम्लियो । र पहिलोपटक चराचरसित केही राख्न सकेन ।

युवराज मैनाली

images
प्रकाशित मिति :भाद्र ३१, २०८३ बुधवार - २१:१९:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend