कण
धूलोको गर्भमा एउटा चेतना उम्रियो। चेतनाले साथ पायो। धूलोलाई अन्धविश्वास घोषणा गर्यो। अनि आफ्नो नाभिमै ब्रह्माण्डको नक्सा कोर्यो। एक रात पृथ्वीले आखा झिम्काइन्। कणको गर्भगृहमा अन्धकार छायो। आँखाले पहिलोपटक आफूलाई नियाल्न खोज्यो। तर ऐनामा केवल धूलो थियो।