Logo

बुधवार, कार्तिक १२ गते २०८३   |   2026 October 28

images

images

अनाैठाे प्रश्न (लघुकथा )

अनाैठाे प्रश्न (लघुकथा )

नेप्लिज डायस्पोरा

११, कार्तिक २०८३
images
अनाैठाे प्रश्न (लघुकथा )

अनाैठाे प्रश्न 

आकाशकाे सुन्दर नीलो रङ्गले मनै लाेभ्याउँछ । देख्दा सेताेकाे आभास हुने सूर्यकाे प्रकाश पनि कति धनी जसले वायुमण्डलमा प्रवेश गरेपछि हुने सातवटा रङ्गलाई एकमुष्ट सेताे रङ्गमा परिणीत गरि दिन्छ । ‘ तिमी त अन्तरिक्षबाट कालाे देखिन्छाै नी आकास ! ‘ बादलकाे कुरा सुनेर आकाश मुस्कुराउँछ र भन्छ ‘ म कुनै स्वरुपमा छैननी नीरव ! म त स्वरुप बिहिन छु, स्वरुप नभएकाकाे केकाे रङ्ग ! ‘ आकासले अझ भन्दै गर्छ ‘ म त शून्य हुँ, याे त वायुमण्डल हाे जसले ममा रङ्ग भरीदिन्छ । ‘ हाे र ? ‘

आकासकाे कुरासुनेर बादलले गुढ कुराे जान्दछ । ‘ याे त सूर्यकाे कृपा हाे जसकाे आफ्नो सबैभन्दा छाेटाे तरङ्गदैर्ध्य भएकाे नीलाे रङ्ग हावाका अणुसँग ठाेक्किएर सर्वत्र छरिदिन्छ अनि मान्छेकाे आँखाकाे साे रङ्ग प्रतिकाे संवेदनाले उसले सजिलोसँग मलाई नीलाे देख्छ । ‘ ‘ तिमी शून्य भएर पनि रङ्गीन छाै, म जल बाेकेर पनि कालाे छु ।’ बादलकाे कुरा सुनेर आकाश भन्छ ‘ हाम्राे कर्म प्राणी मात्रकाे हितका लागि हाे निरव, रङ्गको कुनै अर्थ छैन । श्रीकृष्ण पनि त कालै थिए । ‘ बादलले खै के बुझ्याे तर मुन्टाे भने हल्लाइरह्याे ।

-प्रमाेद नेपाल

images
प्रकाशित मिति :कार्तिक ११, २०८३ मंगलवार - १८:३७:०४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend