Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिकाको ड्यालासमा नेपाली युवाले क्लब स्थापना गरे

अमेरिकाको ड्यालासमा नेपाली युवाले क्लब स्थापना गरे

सतीश चापागाईं

२, आश्विन २०७५
images
  टेक्सास / अमेरिका टेक्सासको ड्यालासमा रहेका नेपाली युवाहरुले खेलकुद र समाजसेवामा सकृय हूने उद्धेश्यका साथ नयां क्लबको स्थापना गरेका छन् । लामो समय देखी समूहगत रुपमा भलिबल लगायतका खेलकुद कार्यमा सकृय हुंदै आएका यूवाहरुले नेपस्६ार अफ डिएफडब्लु नामक क्लबको स्थापना गरि संगठित भएका हुन् । बिगत केहि बर्षदेखी भलिबल क्लबको रुपमा समूहगत रुपमा संगठित हूंदै आएको क्लबले यस बर्षको दशैंदेखी औपचारिक रुपमा शूरुवात गर्न लागेका हन् । दशैको अवसरमा क्लबको औपचारिक शूरुवातका साथै दूई दिनसम्म बिषेश कार्यक्रम समेत गर्ने भएका छन् । सोमबार ड्यालासको यूलेशमा भएको यूवाहरुको भेलाले नारायण क्षेत्रीको अध्यक्षतामा ७ सदस्यीय समितिको गठन गरेको हो । यूवा ब्यवासायी तथा भलिबल खेलाडी समेत रहेका क्षेत्रीको संयोजकत्वमा बनेको समितिमा सचिवको जिम्मेवारी भूवन आले मगर रहेका छन् । दशैको अवसरमा हून लागेको शूभकामना आदान प्रदान तथा औपचारिक उद्घाटनको तयारि कार्यक्रम र क्लबको कार्ययोजना बनाउने जिम्मा पाएको समितिको अन्य सदस्यहरुमा दिपक कार्की, टिका चांपागाई, जिवाराज बूढा, भिम थापा र नगेन्द्र ईग्नाम रहेका छन् । नव गठित क्लबका अध्यक्ष क्षेत्रीका अनुसार आफूहरुले नामका लागि नयां क्लब दर्ता गरेको भन्दापनि खेलकूद मार्फत यूवाहरुलाई जोड्दै समाजसेवा र खेलकूद क्षेत्रमा लाग्ने योजना राखेको बताएका छन् । अमेरिकामा हूर्कदै गरेका नेपाली बच्चाहरुलाई नेपाली संस्कार सहित खेलकूदका कार्यक्रम लैजाने समेत क्लबको योजना रहेको उनको भनाई छ । क्षेत्रीले ड्यालास र वरपर रहेका अन्य नेपाली संस्था तथा क्लबहरुसंग सहकार्य गर्दै उदाहरणिय संस्था बनाउने आफूहरुको सपना रहेको बताएका छन् । क्लब भर्खर मात्र औपचारिक रुपमा स्थाना हुन लागेको भएपनि आफूहरुसंग लगभग दुई सयको संख्यामा साधारण सदस्य रहेको र अझै सदस्यता बिस्तार गर्दै जाने योजना क्लबले लिएको सचिव आलेले जनाएका छन् ।

images
प्रकाशित मिति :आश्विन २, २०७५ मंगलवार - १९:३४:०६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend