Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

सानफ्रानसिस्कोमा दशैं विशेष कार्यक्रम अक्टोबर १३ र १४ तारिख हुने

सानफ्रानसिस्कोमा दशैं विशेष कार्यक्रम अक्टोबर १३ र १४ तारिख हुने

सतीश चापागाईं

१४, आश्विन २०७५
images
  सानफ्रानसिस्को २९ सेक्टेम्वर/ द ह्वाइट जोन क्यालिफोर्निया र सन्निसगरमाथा समाजले यस वर्ष पनि सानफ्रानसिस्को बे एरियामा छुट्टा–छुट्टै दशै विशेष कार्यक्रम गर्ने भएका छन् । द ह्वाइट जोनले अक्टोबर १३ तारिख शनिवार बर्कली मरिनामा ‘दशै धमाका’ कार्यक्रम गर्दै छ । त्यस्तै सन्नी सगरमाथा समाजले अक्टोबर १४ तारिख आइतबार सन्निभेल स्थित सेरापार्कमा दशैको शुभकामना आदान प्रदान कार्यक्रम राखेको छ । द ह्वाइटजोनले अक्टोबर १४ आइतबार नै बर्कली मरिनामा गर्ने भनेको दशैं विशेष कार्यक्रमलाई एक दिन अगाडि अर्थात् शनिवार गर्ने गरी समय तालिका परिवर्तन गरे पछि दुई संस्थाको कार्यक्रम नजुद्धने निश्चित भएको छ । सन्निसगरमाथा समाजसँग दशै विशेष कार्यक्रमको समय नजुधाउन साथै सिटी अफ बर्कलीको म्याराथन कार्यक्रम भएका कारण अतिथि र सहभागीलाई आवतजावत र पार्किङमा समस्या नआयोस भन्न दशै कार्यक्रम एक दिन अगाडि सारिएको द ह्वाइट जोनका पूर्व अध्यक्ष राजेश थापाले बताएका छन् ।   महान् पर्व दशैंको अवसरमा परदेशको भूमिमा नेपालीहरू बिच आपसी सद्भाव, भेटघाट, भाइचारा र रमाइलो गर्न नेपाली युवाहरूको अन्तर्राष्ट्रिय सञ्जाल द ह्वाइट जोनले सन् २०१० देखि बर्कलीमा देखि ‘दशै धमाका; कार्यक्रम गर्दै आएको छ । द ह्वाइट जोनद्वार आयोजित यो नवौँ दशै विशेष कार्यक्रम हो । यस पटक ह्वाइटजोनले नौमति बाजाको धुनले दशैलाई स्वागत गर्दै छ । नौमतिमा दमाहा, झ्याली, ट्याम्को, ढोलक, सहनाई, कर्नाल, नरसिंगा बाजा हुन्छन् । जसमा सहनाई र दमाहा दुई दुई वटा हुन्छन्। सनही र नरसिङ्गा फुकेर, ठुलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ। नौ जना बाद्यवादक स्थानीय लोककलाकारहरूले सुर र ताल मिलाएर एकै पटक बजाउने गरेकाले यो बाद्यसमूहलाई नौमति बाजा भनिएको हो।   मौलिक सांस्कृतिक धुनसँगै धार्मिक तथा सामाजिक महोत्सव दशैलाई ह्वाइटजोनले बर्कलीको मरिनामा भित्र्याउने गृहकार्य गरिरहेको छ । ह्वाइटजोनका वरिष्ठ सल्लाहकार श्रीराम थापा, बे एरियाका प्रख्यात कार्यक्रम प्रस्तोता टिकाकुमार पुन, हिमालय कुजिन कन्कर्डका मालिक सूर्य शर्मा, ह्वाइटजोनका महासचिव अमृत कुँवर नौमती वाद्यवादन समूहमा रहेर काम गर्ने छन् । श्रीराम थापाका अनुसार नौमतीमा सहनाई बजाउन सानफ्रानसिस्कोमा कलाकार नभेटिएपछि टेक्ससबाट हरि थापा र भीष्म केसी बोलाइएको छ । ह्वाइटजोनका महासचिज कुँवरले भने “नेपाली चाड .पर्वमा कला संस्कृतिलाई जीवन्त बनाउन नौमती बाजा नेपालबाट भिकाएका हौ । दशैमा मात्र होइन अव सानफ्रानसिस्को बे एरियामा विवाह व्रतबन्ध जस्ता शुभ कर्म गर्दा नौमती बाजा प्रयोग गर्न सकिने छ । ”     सानफ्रानसिस्को साउथ बे एरियामा रहेका नेपालीहरूलाई लक्षित गरी सन्निसगरमाथा समाजले स्थापना काल देखि नै बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रम गर्दै आएको छ ।   संस्थाका अध्यक्ष गङ्गा के सीले भने “यस वर्ष पनि अक्टोबर १४ तारिख आइतबारलाई हामी दशै शुभकामना आदान प्रदान कार्यक्रम राखेका छौँ ।” सन्निभेल स्थित सेरापार्कमा गर्न लागिएको कार्यक्रममा करिब तीन सय नेपाली सहभागी हुने महासचिव दीपक अधिकारीले बताए । कार्यक्रमका संयोजक तथा सन्निसगरमाथा समाजका उपाध्यक्ष सन्तोष गिरीका अनुसार दशैका लागि खसीको झोल मासु, दही चिउरा अचार लगायत नेपाली स्वादका परिकारहरू बनाइने छ । सेरापार्कमा दशै शुभकामना आदान प्रदान कार्यक्रम अक्टोबर १४ तारिख आइतबार १२ बजे देखि ५ बजेसम्म चल्ने छ ।    

images
प्रकाशित मिति :आश्विन १४, २०७५ आइतवार - १९:३८:४४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend