Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

अमेरिका छोड्नु अगाडी बाबुरामले भने -वर्तमान सरकारले राम्रो काम गर्न सकेन

अमेरिका छोड्नु अगाडी बाबुरामले भने -वर्तमान सरकारले राम्रो काम गर्न सकेन

सतीश चापागाईं

२३, आश्विन २०७५
images
    पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले बर्तमान सरकार राम्रो काम नगरे पनि सरकार परिबर्तन बारेका हल्लाहरुले नेपालको राजनीतिलाई शुभ संकेत नभएको बताएका छन् । भट्टराईले यो सरकारले आशातित काम गर्न नसकेको र दुईतिहाईको महत्व नबुझेको पनि बताए । कांग्रेसले पनि प्रतिपक्षको भूमिका निर्वाह नगरेको बताए ।   एक महिना लामो अमेरिका भ्रमण सकेर नेपाल फर्कनु अगाडी अमेरिकाको बाल्टिमोरमा नेप्लिज डायस्पोराका प्रधान सम्पादक सतिश चापागाईंलाई अन्तरबार्ता दिदै भट्टराईले उक्त कुरा बताएका हुन् ।   पुर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई एक महिने अमेरिका भ्रमण सकेर मंगलबार श्रीमती हिसिला यमीसंगै नेपाल फर्केका छन् ।   अन्तरबार्तामा उनले अमेरिकाको आफ्नो भ्रमणको उद्देश्य अनुरुप कै उपलब्धि प्राप्त भएको बताएका छन् ।   भट्टराईलाई टेक्सास राज्यको एउटा कार्यक्रममा कालो झण्डा देखाईएको थियो । उनले अमेरिकामा सामना गरेको कालो झण्डाको बारेमा पनि तिक्तता ब्यक्त गरे र उक्त कार्यलाई रोगी मानसिकताको संज्ञा दिए ।   पुर्बप्रधानमन्त्री भट्टराईले संबिधान बनिसकेपछि नेपालका पार्टीहरुको एजेन्डा पनि सकिएको र नयाँ विचार सहितको पार्टीको आवश्यकता खडकिएकोले नयाँ शक्तिको स्थापना गरेको बताए । साथै उनले अर्को चुनावसम्ममा आफ्नो पार्टीले राम्रो उपस्थिति देखाउने विश्वास ब्यक्त गरे ।  

images
प्रकाशित मिति :आश्विन २३, २०७५ मंगलवार - २२:१४:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend