Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

शिखर सन्तोषले ल्याए एउटा रमाइलो र अर्थपूर्ण गीत (भिडियो सहित)

शिखर सन्तोषले ल्याए एउटा रमाइलो र अर्थपूर्ण गीत (भिडियो सहित)

सतीश चापागाईं

१८, कार्तिक २०७५
images
  संगीतकार शिखर सन्तोष अहिले नाम चलेका संगीतकार हुन् । उनि आधुनिक गीतमा लोक फ्लेबरका कर्णप्रिय संगीत भर्न सिपालु छन् । उनले धेरै कालजायी र चर्चित गीतहरु नेपाली गीत संगीतको भण्डारमा थपेका छन् । यिनै संगीतकार शिखर सन्तोषले अहिले बजारमा एउटा नयाँ गीत लिएर आएका छन् । 'म त खुल्ला छु' बोलको यो गीत चर्चित गीतकार आनन्द अधिकारीले लेखेका हुन् । आनन्द अधिकारीले नेपाली आधुनिक गीतमा हरेक पटक नयाँ नयाँ भावका शब्द दिने कुशलता राख्दछन । यो गीतमा स्वच्छन्द एउटी युवतीको मन बोल्ने प्रयास गरिएको छ । अधिकारी र शिखर सन्तोषको यो गीतमा गायिका सोन्ना अमात्यले आवाज दिएकी छिन । गीतको भिडियो निर्देशन विवेक सिंह ठकुरीले गरेका हुन् । गीत राम्रो बनेको छ । दर्शक र स्रोताको माया पाउने विश्वाश गरेको छु । संगीतकार शिखर सन्तोषले नेप्लिज डायस्पोरासंग भने । भिडियो हेरौं : https://youtu.be/6gzoYq03ZH0  

images
प्रकाशित मिति :कार्तिक १८, २०७५ आइतवार - ०९:४०:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend