Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

अर्जुन र मलाइका विवाह गर्दै !

अर्जुन र मलाइका विवाह गर्दै !

सतीश चापागाईं

२२, फाल्गुण २०७५
images
  बलिउड नायक–नायिका अर्जुन कपुर र मलाइका अरोराको प्रेम सम्बन्ध केही समयदेखि चर्चाको विषय बनेको छ। उनीहरूको प्रेम सम्बन्धका बारेमा धेरै चर्चा र समाचार आए पनि उनीहरूले भने आधिकारिकरूपमा यसबारे मुख खोलेका छैनन्। तर बलिउडको खबरअनुसार उनीहरू अब छिट्टै विवाह बन्धनमा बाँधिँदै छन्।   भारतीय सञ्चार माध्यमले जनाएअनुसार उनीहरू आगामी अप्रिलमा विवाह गर्दै छन्। क्रिस्चियन परम्पराअनुसार गरिने यो विवाह गोप्य रहने भनिएको छ। जसमा परिवारका सदस्य र केही नजिकका आफन्त मात्र सामेल हुनेछन्। केही दिनअघि एक अन्तर्वार्तामा मलाइकाले आफँलाई अर्जुन कपुर हरेक कोणबाट परफेक्ट लाग्ने बताएकी थिइन्।

images
प्रकाशित मिति :फाल्गुण २२, २०७५ बुधवार - २१:२८:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend