Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

भब्य सब्य एबं उत्साहप्रद रुपमा सुसम्पन्न भयो गुल्मी समाज हूस्टनको बनभोज कार्यक्रम

भब्य सब्य एबं उत्साहप्रद रुपमा सुसम्पन्न भयो गुल्मी समाज हूस्टनको बनभोज कार्यक्रम

सतीश चापागाईं

२, चैत्र २०७५
images
लक्ष्मण भण्डारी तीनसय भन्दा धेरैको उपस्थितिमा मार्च १० आइतबार बुशपार्कमा बड़ो उत्साहबर्धक रुपमा बिबिध कार्यक्रमका साथ समाजको बनभोज संपन्न भएको छ! समितिका तथा समिति बाहिर रहेका। हरेक ब्यक्तिहरु आफुलाई दिएको जिम्बेबारी पूरा गर्न बिहानै देखि खटिरहनु भएको थियो ! कोही चिया बाडदै हुनुहुन्थेयो त मकै पोल्न, कोही खीर पकाउदै त कोही बार्बिक्यू गर्दै । कोही चौरमा भलिबल खेल्दै । पिकनिकको अर्को महत्वपूर्ण आकर्षण थियो रक्तदान कार्यक्रम, सस्थाका अधक्ष्य भीस्म मरासिनी रक्तदाताहरुलाई क्रमानुसार ब्लड डोनेशन गर्ने शेडूयल मिलाउन दौड़धूप गरिरहनु भएको थियो। ११:३० देखि ३:३० सम्म ३७ जनाले रक्तदान गरेर उक्त कार्यक्रम पूर्ण रुपमा सफल गराउनसहयोग। गर्नु भयो ! अन्य मनोरंजनात्मक एबं सृजनात्मक कार्य गर्दै आएको यो सस्थाको लागि रक्तदान कार्यक्रमभने पहिलो प्रयास थियो । पटलक पिकनिक भएकोले धेरै जसो परिकार जिम्मा दिएका साथीहरूले। घरबाटै बनाएर। ल्यायनु भएको थियो! मिठामिठापरिकार खादै आफन्त परिबरजन र साथिसंगीसँग रम्दै रमाउदै गर्दा राजू थापाको नेतृत्वमा पञ्चेबाजा टोली पिकनिक स्पर्टमाँ आइसकेको थियो! मेपालको मौलिक लोकसस्कृति पन्चेबाजामा नाच्दै गर्दा सबैलाइ आफ्नै जन्मभूमिका गाउँबस्तीहरुमा हुने बिबाह उत्सबमाँ भये झै अनुभूति भएको सहजै अनुमान गर्न सकिन्थियो । झन्डै ४:३० बजे प्रतियोगितात्मक घड़ाफ़ोर( पुरुष ) तथा तातोआलू ( महिला ) खेल सुरु भयो ! धेरै जनाको सहभागिता रहेको उक्त खेलहरुले बनभोजलाइअझै रमाइलो बनाएको देखिन्थियो । झन्डै ५ बज्दै गर्दा सस्थाको औपचारिक कार्यक्रम सुरु भयो! सस्थाका अधक्ष्य श्री भीष्म मरासिनी ज्यूको सभापतित्व तथा सचिब लक्ष्मण भण्डारिको संचालन रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि पूर्ब कानून तथा श्रम मन्त्री हरी प्रसाद न्यौपाने रहनु भएको थियो। सस्थालाई आर्थिक एबं हरेक गतिबिधिमा सदैब सहयोग गर्ने महानुभाब हरुलाई सस्थाले मायाको चिनो प्रदान गरेको थियो । एसरी मायाको चिनोबाट सम्मानित हुनुहरुमा सस्थाका सस्थापक अधक्ष्य मुकुन्दहरी ज्ञवाली , न्यूयोर्कलाइफ इन्सुरेन्स्का बच्चा तिबारी , आसियाना रेस्ट्रुरेन्टका प्रोप्राइटर चन्द्र शर्मा तथा सामजिक अगुवा तथा सफल ब्यबसायी ज्ञानेश्वर श्रेष्ठ हुनुहुन्थेयो । गुल्मी जिल्लामा जन्मेर राष्ट्रकालागि अतुलनीय योगदान पुराउनु भएका पूर्ब कानून तथा श्रममंत्री हरिप्रसाद न्यौपाने ज्यूलाई पनि मायाको चिनो प्रदान गरिएको थियो सारगर्भित मन्तब्य साथै कबिता बाचन समेत गर्नु भएको उहाले सस्थालाई प्रगतिकोलागि शुभकामना समेत दिनुभएको थियो। घड़ाफोर प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने दीपक। अर्याल तथा तातोआलू खेलमा तृतीयहुने शूस्मा भट्टराई , द्वितीय हुने शूस्मा खनाल तथा प्रथम स्थान प्राप्त गर्ने सरिता ज्ञवाली लाई पुरुस्कार समेत बितरण गरिएको थियो! सामूहिक फोटो सेसन गर्दै निर्धारित समय साँझ ६ बजे बनभोज सम्पन भएकोथियो ।                          

images
प्रकाशित मिति :चैत्र २, २०७५ शनिवार - २१:३९:०० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend