Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

अचम्मैसित घुरेर हेर्छौ (५ प्रेमील मुक्तकहरु) -गोम बिक्रम

अचम्मैसित घुरेर हेर्छौ (५ प्रेमील मुक्तकहरु) -गोम बिक्रम

सतीश चापागाईं

२४, चैत्र २०७५
images
  मुक्तक -१ रक्तिम हुँदै गए सारा, गुराँस फुल्ने पाखाहरु हराभरा देख्छु उस्तै, पालुवा चढी शाखाहरु बल्छी थाप्न जानेपछि, नजरले तीर हानेपछि घाइते पार्न सिपालु छन्, कुटिल तिम्रा आँखाहरु । मुक्तक -२ जहिले हिँड्छु यौटा बाटो, झ्यालमा बसी कुरेर हेर्छौ घाइते पार्ने नयनको, मैसित साइत जुरेर हेर्छौ ! माया जालमा अड्काएर, जिन्दगीलाई तड्पाएर मोहनी आँखा नशा लाग्दो, अचम्मैसित घुरेर हेर्छौ । मुक्तक -३ उनको मनको कुनोसम्म, एउटा पुल हालेकोछु त्यही पुलको जगभित्र, आशाको दीप बालेकोछु सम्झनाले सताइरन्छ, ढुकढुकीले बताइरन्छ उनलाई कतै नदेखे त, छट्पटिन थालेकोछु । मुक्तक -४ थाहै नपाई आफ्नै मुटु, अनायासै चोरिँदो रैछ शान्त निर्मल मन पनि, उनकै यादमा घोरिँदो रैछ कस्तो रोग हो पिरतीको, कसैगरी हुन्न निको आफ्नै‌ बशमा छैन मन, पाइला उतै डोरिँदो रैछ । मुक्तक -५ प्रस्ताव थिए तिम्रा जति, स्वीकार गरुँ काँचो थियो जीवन बुझ्न अझ बढी, सदविवेकको खाँचो थियो मायाको डोरी बाटिएछ, दुनियाँलाई ढाँटिएछ फुकाऊँ अब नफुक्ने भो, लुकाऊँ भने साँचो थियो । ✍ गोम बिक्रम [email protected] कल्लाबारी, पाल्पा । २०७५ चैत्र २४

images
प्रकाशित मिति :चैत्र २४, २०७५ आइतवार - ०९:४५:३४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend