Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

मुक्तककार भीम डाँगीका ५ चोटिला मुक्तकहरू

मुक्तककार भीम डाँगीका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२२, जेठ २०७६
images
  मुक्तक -१ माया दोहोरो हुन्छ एकोहोरो लाएर के गर्नु ? भाग्यमै लेखेको छैन उस्लाई चाहेर के गर्नु ? ज़िन्दगी कटाउन सकिँदैन भने एकै साथ, अनि नानाभाँतीका कसम खाएर के गर्नु ? मुक्तक -२ मेरो सामु आइ अन्तिम निर्णय लिई केहीँ भनिन किन हो किन ऊ धेरै चिन्तामा थिई केहीँ भनिन जिउँछु त प्रिय केवल तिमीसँग मात्र भन्नेले आज, जाँदा-जाँदै कहिलै नभेट्ने वचन दिई केहीँ भनिन !! मुक्तक -३ जिन्दगीबाट हार खाई म पछि सरेँछु भने तिम्रा सारा सपनाहरू अपूरै गरेँछु भने तब तिमी कत्ति पनि बिचलित नहुनू प्रिया, अकस्मात यमराजको शरणमा परेँछु भने । मुक्तक -४ कलम चलाउन छोडेर बन्दुक चलाउन जानेकोछ भ्रम छरेर अमृतको उस्ले बिष फलाउन जानेकोछ अरु केही नसके पनि कार्यकर्तादेखी नेतासम्मले, बम पड्काउन जानेको छ बस जलाउन जानेकोछ । मुक्तक -५ विकास हेर्दा अहँ कछुवा जत्तिको चाल छैन आश्वासन नदिएको महिना अनि साल छैन बिरामी पर्दा पनि कोहीँ त्यो बिकट बस्तीमा उपचार निम्ति कुनै गुणस्तरिय अस्पताल छैन । त्रिवेणी गाउँपालिका - ५ जुगार, रोल्पा । हाल : चण्डीगढ, भारत । ( - भीम डाँगीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।कम।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २२, २०७६ बुधवार - २२:०७:५३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend