Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

सारा समय आजभोलि, फेसबुकले खाएको छ ।" ५ स्रष्टाका ५ मुक्तकहरू

सारा समय आजभोलि, फेसबुकले खाएको छ ।" ५ स्रष्टाका ५ मुक्तकहरू

सतीश चापागाईं

२७, जेठ २०७६
images
  मुक्तक -१ भन्छन् फेसबुक पिरतीको झन्कार हो यो त माया फस्टाउने सन्सार ह‍ो अरे यार नाच्न जान्दैनन् आगन टेढो म भन्छु फेसबुक ज्ञानको भण्डार हो । - मनिषा कार्की नुवाकोट .............................................................. मुक्तक -२ संचारले जीवन मानिसको, इजि बनायो मोबाइलले त झन सबैलाई, बिजि बनायो आमा कता, छोरा कता, बोतल कता हो जिन्दगी त सबैको आखिर, निजि बनायो । - चेतन खतिवडा .............................................................. मुक्तक -३ हातमा मोबाइल हुन्थ्यो मेरो परिक्षा आउँदा बा-आमाले गाली गरे नतिजा शून्य ल्याउँदा पछुतो लागेर के गर्नु,भएको छु बाँच्नु कि मर्नु, घरै छोडी विदेशिएँ मोबाइल चलाउन नपाउँदा । - हरि कंडेल नवलपरासी .............................................................. मुक्तक -४ अम्मल जस्तो जता पनि, साँच्चिकै हत्ते गरेको देख्छु पछाडी सारी जिम्मेवारी, त्यसैमा अघि सरेको देख्छु सबै एकै दाउमा राखी, संसार एकै ठाउँमा राखी जसले पनि मोबाइलमै, झुण्डिएरै मरेको देख्छु । - गोम बिक्रम पाल्पा । .............................................................. मुक्तक - ५ जसले पनि जताततै, नौलो इलम पाएको छ हुने नहुने कैयन कुरा, यसैभित्र आएको छ कति मान्छे सप्रिए होला, कति चाही बिग्रिए होला सारा समय आजभोलि, फेसबुकले खाएको छ । - गोम बिक्रम कल्लाबारी, पाल्पा । बिभिन्न स्रष्टाका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ २७, २०७६ सोमवार - १०:१६:४६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend