Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

मुक्तककार सफल गोले तामाङका ५ चोटिला मुक्तकहरू

मुक्तककार सफल गोले तामाङका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

३०, जेठ २०७६
images
  मुक्तक - १ पलाऊन सफलताका पातहरु थपिऊन खुशीका खातहरू हटेर जाऊन सब घातहरू बर्सिऊन हर्षका बर्षातहरू ब्रह्माण्डमा तिम्रै चर्चा होस् नाम पुकार्दा शिर नै झुकोस् शिखर चुमून हातपाउहरू उन्मादमा बितून दिन रातहरू मुक्तक - २ सुम्सुम्याउँदै कल्पौं नदिलाई नतमस्तक बस्ने तिर बनूँेेे फुलाउँदै अनेकौं फूल छातिमा अडिग रहने भीर बनूँ हार मेरै होस् सधैं तिमीलाई सन्तोष मिलोस् सधैं सहेरै तिरस्कार तिम्रो जीतमा छचल्किने अबीर बनूँ मुक्तक - ३ गगनचुम्बी भवनमा भुइँको चर सरह सम्झिनू मुस्कुराएको फूलमा जराको भर सरह सम्झिनू नगर प्रिय कत्ति पनि शंका नगर मलाई मेरो बाचा ढुङ्गामा कुँदिएको अक्षर सरह सम्झिनू मुक्तक - ४ मेरो भागमा दु:खै-दु:ख तिम्रो भगमा सुख परोस् तिम्रा खुशी फुलि रहून मेरा जति ओइली झरोस् तिम्रै होओस् धर्ती आकाश तिम्रै पानी तिम्रै बतास मै भोगूँला नर्कको बास तिम्रो घरमै स्वर्ग सरोस् । मुक्तक - ५ सुख उडाऊ शान्ति उडाऊ जिन्दगीका मधुमास उडाऊ मेरै मनको संघारनिर चैतको हुरी बतास उडाऊ तिम्रै इच्छाले निमोठिएका छन् मेरा रहरका मुनाहरू अन्तिम बिन्ती छ मेरो हजुर सपना देख्ने बास उडाऊ । मन्थली न.पा. -१४, रामेछाप । (-सफल गोलेका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www।facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :जेठ ३०, २०७६ बिहिवार - १७:२८:५० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend