Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

जनसम्पर्क समिति अमेरिकाको विवाद समाधान गर्छु -कल्याण गुरुङ

जनसम्पर्क समिति अमेरिकाको विवाद समाधान गर्छु -कल्याण गुरुङ

सतीश चापागाईं

३, आषाढ २०७६
images
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा जागरण अभियानका अमेरिका प्रतिनिधि कल्याण गुरुङले जनसम्पर्क समिति अमेरिकाको बिबाद समाधान गर्न आफुले बिशेष पहल गर्ने बताएका छन् । जनसम्पर्क समिति अमेरिकाको मेरिल्याण्ड च्याप्टरले आयोजना गरेको अनौपचारिक भेटघाट कार्यक्रममा गुरुङले उक्त कुरा बताएका हुन् । "बिबादले हामी कही पनि पुग्दैनौं । बसेर कुरा गर्यो भने सबै विवाद समाधान हुन्छ भन्ने मेरो धारणा छ" गुरुंगले भने, "म सबै पक्षसम्म एक्लाएक्लै बसेर कुरा गर्छु अनि सबैलाई संगै राखेर पनि कुरा गर्छु । र, यो विवाद समाधान गर्नेछु ।" कार्यक्रममा मेरिल्याण्डका जनसम्पर्क समितिका सदस्य र शुभेच्छुकहरुको सहभागिता थियो । राज सेन्चुरीको सभापतित्वमा भएको कार्यक्रमको संचालन नेत्र केसीले गरेका थिए । कार्यक्रममा सहभागीहरुले काँग्रेसला सुझाब दिएका थिए भने ती सुझाबलाई कांग्रेसको केन्द्रिय समितिमा लिखित प्रतिबेदन पेश गरेर त्यो जानकारी मेरिल्याण्ड च्याप्टरलाई जानकारी पठाउने पनि नेता गुरुङले बताए ।            

images
प्रकाशित मिति :आषाढ ३, २०७६ मंगलवार - ०६:५५:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend