Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

"पुत्रलाई शत्रुको गुलाम मान्न इन्कार गरिरहेकी छिन् ।" - अजिता दाहाल क्रान्ति (५ मुक्तकहरू)

"पुत्रलाई शत्रुको गुलाम मान्न इन्कार गरिरहेकी छिन् ।" - अजिता दाहाल क्रान्ति (५ मुक्तकहरू)

सतीश चापागाईं

५, आषाढ २०७६
images
  मुक्तक -१ पहिले सहयोगीको बहानामा हलुङ्गो बनेर आउँछन् थाहै नपाई भावनामा डस्न कन्सुत्लो बनेर आउँछन् रङ्गमञ्चमा झैँ अनेक नौट्ङ्की कला देखाउन नपाए, प्रतिशोधले मन-मुटु जलाउन अगुल्टो बनेर आउँछन् । मुक्तक -२ असह्य पीडा र आर्तनादले चित्कार गरिरहेकी छिन् जिजीबिषाले आफैंलाई नै धिक्कार गरिरहेकी छिन् आशाको त्यान्द्रो छँदैछ बाँकी सन्तानप्रति आमाको, पुत्रलाई शत्रुको गुलाम मान्न इन्कार गरिरहेकी छिन् । मुक्तक -३ मनको लाभामा पग्लनुको मज्जा कुनै ऋतुहरूमा हुन्न नौरङ्गी सुन्दर पुष्प, हरियाली त्यो लतिका र तरुमा हुन्न पश्चतापको आगोमा सधैं पिल्सिरहनु जस्तो ठूलो आनन्द अहँ ! संसारको अमूल्य वस्तु या कुनै पनि अरूमा हुन्न । मुक्तक -४ मुस्कान देखिन्छ मनको व्यथा देख्दैनन् देख्नेले पनि मधुरो देखे सफा देख्दैनन् हरेक हाँसो पछाडि भयानक छन् पीडाहरू, सबै लुकाउँदै हाँस्नै पर्ने बाध्यता देख्दैनन् । मुक्तक -५ त्योभन्दा खुसीको कुनै संसार थिएन स्विकार्दिन कर्तव्यप्रति बफादार थिएन केही भाग्य नहुँदा कसै गरे सकिन पाउनै, केही समीपमा भए पनि अधिकार थिएन । बुढाथुम, धादिङ । (-अजिता दाहाल क्रान्तिका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www facebook।com/gom।bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www।facebook।com।nepalesediaspora/ लाइक गर्न र युट्युब च्यानल https://www।youtube।com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक)

images
प्रकाशित मिति :आषाढ ५, २०७६ बिहिवार - ०८:४५:३३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend