Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

सम्झिएन कि देशकै निम्ति, आहुति हुने व्यक्तिहरु ? -गोम बिक्रम (५ राष्ट्रवादी मुक्तकहरू)

सम्झिएन कि देशकै निम्ति, आहुति हुने व्यक्तिहरु ? -गोम बिक्रम (५ राष्ट्रवादी मुक्तकहरू)

सतीश चापागाईं

२२, आषाढ २०७६
images
  मुक्तक -१ देशमा गर्ने कोही भए, आडम्बरी र ढोँगी जस्ता भाषण चल्छ सदाचारी, दर्शन छाँट्ने योगी जस्ता देश चुसेर खोक्रो भयो, समृद्धि देख्ने बोक्रो भयो कुटी पोलेर खरानीमा, भाग नमिल्ने जोगी जस्ता । मुक्तक -२ जन्ताको दिन सधै उस्तै, दुर्दशाले घेरियाछ देशका निम्ति मरे कोही, चोला अरुकै फेरियाछ सपना तिम्रो कस्ले हेर्छ, कस्ले देशको स्वरुप फेर्छ सहिद दिवस आएपछि, तिम्रो तस्विर हेरियाछ । मुक्तक -३ सीधा-सादा जनतालाई, मुटुभित्रको काँडो भा'छ पहुँच हुने चतुरेलाई, कमाइ खाने भाँडो भा'छ देश डुब्दैछ जानाजानी, नेता-दलको खिचातानी, नेपालको संघियता, साँच्चै अचेल घाँडो भा'छ । मुक्तक -४ देशका निम्ति लड्नेहरू, केवल चोकमा सालिक भए तिनकै नाम भजाउने, करोडौंका मालिक भए विवादहरू उठाएर, भाडाका मान्छे जुटाएर राजनीतिमा भाँजो हाली.., रहने 'सर्वकालिक' भए । मुक्तक -५ छिर्नै सकेनन् कहिले पनि, अौपनिवेशिक शक्तिहरु सम्मानित थिए वैरिबाट, बलभद्र र भक्तिहरु विश्वमा कतै न दास छ, न झुकेको इतिहास छ सम्झिएन कि देशकै निम्ति, आहुति हुने व्यक्तिहरु ? ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ असार २२

images
प्रकाशित मिति :आषाढ २२, २०७६ आइतवार - ००:३८:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend