२, भाद्र २०७६
महोदया / महोदय
नमस्कार !
डालस-फोर्टवर्थ मेट्रोप्लेक्स बासी हामी नेपाली समुदायको आस्था स्थल एवं साझा संस्था नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र (NCSC ) द्वारा यूलेसमा निर्माण गर्न लागिएको "बृहत श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर" परियोजनामा सहयोग पुर्याउनु हुन हार्दिक अनुरोध गर्दछौं |
हाम्रो संस्कार, सभ्यता, संस्कृति एवं पहिचानको सम्बर्धन एवं संरक्षण गर्ने सामुहिक अभियानमा नैतिक एवं आर्थिक सहयोग गरि महान अभियानको एक हिस्सा बन्न पनि हामि यहाँलाई हार्दिक अनुरोध गर्दछौं |
यसै सन्दर्भमा NCSC द्वारा आयोजना गरिएको "Founding Member Appreciation and Mega Fundraising Gala Dinner" सहभागी हुन हामी हार्दिक अनुरोध गर्दछौं |
Gala Dinner Program Details :
मिति: सेप्टेम्बर ७ तारिख, शनिबार
समय : साँझ ६:३० बजे
स्थान : DFW Airport Hotel ,
4440 W Airport Fwy, Irving, TX 75062
यो डिनर कार्यक्रम मा निम्न category का सम्पूर्ण ब्यक्तिहरुलाई हार्दिक निमन्त्रण गरिन्छ |
१. तिर्नु पर्ने रकम पूरै चुक्ता गरिसक्नु भएका सम्पूर्ण Trustees, संस्थापक सदस्य (Founding Member) र Life Member दम्पती सहित
२. निकट भविष्यमा Patron, Trustee, अथवा Founding Member हुन्छु भनि सो मध्येको आंशिक रकम बुझाई सक्नु भएका ब्यक्तिहरु दम्पती सहित
३. त्यही दिन केही रकम उपलब्ध गराई BOT अथवा संस्थापक सदस्य (Founding Member) को लागि Pledge गर्न इक्छुक ब्यक्तिहरु दम्पती सहित
बिशेष अनुरोध:
१. हामी सम्पूर्ण Board of Trustee का सदस्यहरु हरुलाई Honorable Board of Trustees ($१५०००) को category मा upgrade हुन अनुरोध गर्दछौं |
२. हामी सम्पूर्ण संस्थापक सदस्य (Founding Member) हरुलाई Honorable Founding Member ($५०००) को category मा upgrade हुन अनुरोध गर्दछौं |
३. Upgrade हुन न चाहने ट्रस्टी (Trustee) तथा संस्थापक सदस्य (Founding Member) हरुले दुई बर्ष मा तिर्ने गरि मात्र $१५०० थप सहयोग गरिदिनु हुन अनुरोध गर्दछौं |
४. Pledge गर्नु भएको रकम बाट तिर्न अझै बाँकी भए Sep 7 को डिनर कार्यक्रम मा $१०००-$$१५०० लिएर आइदिनु हुन अनुरोध गर्दछौं। यसले सो रात्रीको $१५०,००० cash को लक्ष्य पुरा गर्न सहयोग पुग्ने छ |
सोहि डिनर कार्यक्रममा रकम चुक्ता गरि भर्खरै हुनु भएका सम्पूर्ण नयां Trustee तथा Founding Member दम्पतीहरुलाई Plaque सहित सम्मान गर्ने कार्यक्रम पनि रहेको कुरा जानकारि गराउन चाहान्छौं ।
बिनित
NCSC FUNDRAISING TEAM
प्रकाशित मिति :भाद्र २, २०७६ सोमवार -
०८:०९:२१ बजे