Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

"दोषीहरु स्वतन्त्र छन्, निर्दोषलाई ह‍त्कडी हुन्छ ।"- गोम बिक्रम (५ मुक्तक)

"दोषीहरु स्वतन्त्र छन्, निर्दोषलाई ह‍त्कडी हुन्छ ।"- गोम बिक्रम (५ मुक्तक)

सतीश चापागाईं

३, भाद्र २०७६
images
मुक्तक -१ देख्दै मोहित पारीहाल्ने, कस्तूरी झैं चाला देख्छु सिन्दूर पुछे पनि उनका, रातापिरा गाला देख्छु कहिले एक्लै भइनन् उनी, कहिले निरास छैनन् उनी साथमा राखी गुडाइरने, हर्के दाईको साला देख्छु । मुक्तक -२ लैङ्गिक हिंसा, बुहार्तन, कुरिति उस्तै चलेका छन् दमन उस्तै थिचोमिचो, न त अन्यायी ढलेका छन् अस्तित्व निम्ति जुट्नु पर्यो, अन्यायी विरुद्ध उठनु पर्यो देशका कुना-कप्चेरामा, कैयन नारी जलेका छन् । मुक्तक -३ सदाचारीलाई फसाएर, सधै पाखा लाउनुपर्छ शक्तिका पद कब्जा गरी, सञ्चारभरी छाउनुपर्छ देशले यही माग्दोरैछ, खाएसी लोभ लाग्दो रैछ अब भ्रष्टाचारीले पनि, चुनाव लड्न पाउनुपर्छ । मुक्तक -४ अपराधै होस् कसैको त, गल्ती हुँदै नहुँदोरैछ जेसुकै होस् पिडितमा, पत्थरे दिल छुँदै नछुँदोरैछ दोषीलाई ढाकी हाल्छन्, निर्दोषीलाई जाकीहाल्छन् कति 'महाशय'यस्ता छन्, कानूनले छुँदै नछुँदोरैछ । मुक्तक -५ कानूनी रुपमा समानता, देख्ने कहिले घडी हुन्छ ? जहिले पनि हुने खाने, सक्नेकै लडीबडी हुन्छ नीतिका कुरा लत्याएर, नसक्नेलाई छक्क्याएर दोषीहरु स्वतन्त्र छन्, निर्दोषलाई ह‍त्कडी हुन्छ । ✍ गोम बिक्रम कल्लाबारी, पाल्पा । २०७६ भदौ ०४
 

images
प्रकाशित मिति :भाद्र ३, २०७६ मंगलवार - १६:११:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend