Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

मै राम्री छु नि भन्छिन् अचेल चिटिक्क परेर - भिम बिश्वकर्मा

मै राम्री छु नि भन्छिन् अचेल चिटिक्क परेर - भिम बिश्वकर्मा

सतीश चापागाईं

५, भाद्र २०७६
images
  मुक्तक - १ बनाउँला ठूलै सङ्गठन बन्दुक बोकेर गर्न सक्छौ सत्ता विघटन बन्दुक बोकेर बुद्ध जन्मेको देश हो बुझ्नु पर्ने नेता ज्यू हुनै सक्दैन देश परिवर्तन बन्दुक बोकेर । मुक्तक - २ सुन्नुहोस् मेरा प्रिय मित्र खै कसरी भनूँ ? खराब रहेछ उसको चरित्र खै कसरी भनूँ ? आफू भन्दाबढी विश्वास गरेकी प्रेमीकाले भाला रोपेकीछे मुटुभित्र खै कसरी भनूँ ? मुक्तक - ३ दिनहुँ घुमीफिरी आएका छ्न् हजार पटक हुने नहुने वचन लगाएका छ्न् हजार पटक घरमा सिन्को काम नगर्नेहरूले बाआमालाई जिउन मुस्किल बनाएका छ्न् हजार पटक । मुक्तक - ४ झर्को लागिरहन्छ हर, बिहान के पो हुने हो गोली बर्सिन्छ्न् थानका थान, के पो हुने हो बर्षौं भयो देश छोडी काश्मिर, लड्न आ'को दुश्मनको सामु छ, यो ज्यान के पो हुने हो ? मुक्तक - ५ देखाउँदै रुपको अनेक खेल चिटिक्क परेर मै राम्री छु नि भन्छिन् अचेल चिटिक्क परेर थोरै श्रृङ्गार नजान्ने भाउजू दाई घर नहुँदा केका लागि धाउछिन् ठमेल चिटिक्क परेर । कोहलपुर नगरपालिका आनन्दनगर -२ बाँके । (भिम बिश्वकर्माका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र ५, २०७६ बिहिवार - २०:११:०४ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend