Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

के.बी. पारखीका ५ चोटिला मुक्तकहरू

के.बी. पारखीका ५ चोटिला मुक्तकहरू

सतीश चापागाईं

२१, भाद्र २०७६
images
  मुक्तक -१ गर्नुपर्छ आफैले अरु कसैको मुख ताकेर हुँदैन गन्तव्य छ धेरै टाढा जानु अहिल्यै थाकेर हुँदैन कैयौ पटक सङ्घर्ष र बलिदान दियौ हामीले सत्य र असत्यको वकालत गर्दै टाउकेहरुलाई शिरमा राखेर हुँदैन । मुक्तक -२ हिँड्दा-हिँड्दै ठेस लागेर लड्दा रिसाएर नहुनी मनभरीका पिर-व्यथा कसैसँग बिसाएर नहुनी हजार सपनाहरू बोकेर हिँडेको मान्छेलाई आँखाबाट बर्षन्छन् आँशु सेती नदीमा मिसाएर नहुनी । मुक्तक -३ बिहान बेलुका जुटाउने मानाको लागि परदेश हिँडे एक दुई सरो लगाउने नानाको लागि परदेश हिँडे सुनैको दरबार, ऐस आराम, मोजमस्ती चाहना छैन हजुर आफ्नै कमाईको सित ढाक्ने छानाको लागि परदेश हिँडे । मुक्तक - ४ ऊ मेरो देश चलाउँछु भन्छ आफू अनुकुल केश चलाउँछु भन्छ यो देशको कानून दैव जानून हार होइन सँधै जीतको परिवेश चलाउँछु भन्छ । मुक्तक - ५ तिम्रो मुटुभित्र मेरा जून-तारा छन् तिम्रो आँखाभित्र मेरा संसार सारा छन् जे-जति छन् मेरा सबै तिमीभित्रै छन् तिम्रा प्रत्येक अंग-अंग मेरा प्यारा छन् । – फेदीखोला -२, स्याङ्जा हाल : नाकानो कु टोकियो जापान । सम्पर्क ०७०७४९२९११६ ( के.बी. पारखीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - १८:५६:५६ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend