Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

विदेश उपचार गर्ने सांसदलाई नाईजेरियन जनताले पिटेजस्तै नेपालीले नि गर्न सक्छन है -सन्तोष श्रेष्ठ

विदेश उपचार गर्ने सांसदलाई नाईजेरियन जनताले पिटेजस्तै नेपालीले नि गर्न सक्छन है -सन्तोष श्रेष्ठ

सतीश चापागाईं

२२, भाद्र २०७६
images
आज हाम्रो देशका युवाहरू बेरोज़गार, देशमा बिध्यमान परिस्थिति, राजनीतिक बेथिति जस्ता कैयन कारणले लगभग १५०० नेपाली युवाहरू हरेक दिन त्रिभुवन अंतरष्ट्रिय बिमानस्थल छोडेर बिदेश पलायन हुन बाध्य छन। त्यो पनी बिलासी जीवन र आलीशान महलको सपना बुनेर होईन, केबल सकेदेखी शहर र त्यो पनी नसके गाऊमा १,४७,१८१ बर्ग क़ीलोमिटर भित्र आफ़नो अस्तित्व खोज़दै मात्र ४ आना ज़ग्गमा ४ कोठाको टाऊको लुकाऊने झुपड़ि बानाऊने आशमा। हुन त देशले क़ोलटे फेरयो, क्रांति सफल भयो । जनताको जीवनस्तर उकसियो, देशमा प्रजातंत्र, लोकतंत्र, गणतंत्र आइसक्यो, देश अब समाजवादको दिशातर्फ अगाडी बढ़ीसक्यो भनछन । केबल यो त नेताको बोलीमा मात्र सीमित छ । आज पनि कैयौ नेपाली जनता एउटा सीटामोल खानु नपाएर अकालमा ज्यन गुमाउन बाध्य छन । हूम्ला, जुम्ला, कालिकोट जस्ता ज़िल्लाहरूमा सामान्य पखला लाग्दा एक पुरिया जीवनजल खान नपाएर मृत्युबरन गर्न बाध्य छन। सायद हाम्रो समाजवादले त सबै बराबरी, सबैलाई समान हक़ अधिकार, सबैको उतिकै पहुँचको कल्पना गरेको थियो तर आज यो व्यवहारमा देखा परेको छैन । यो त केबल देशमा रहेक़ा दुईचार प्रतिशत एलीयट वर्गलाई मात्र हो भन्ने भएको छ। यही समाजवादको एकै छहरिमा बस्ने नागरिक कोहि सामान्य रूघा खोकि लाग्दा पनि सम्पन्न मूलकका अस्पतालमा गएर महँगो औषधि उपचार गराउछन भने कोहि सामान्य स्वस्थ चौंकीको मुख पनि नदेखी इहलीला समाप्त पार्न बाध्य छन्। कहिलेसम्म यो विभेद? शिक्षा स्वस्थ, सम्पतिमा सबैको बराबरी पहुँच कहिले प्राप्त हुन्छ? के हामी साचै समाजवाद उन्मुख बाटोमा छौ त? देशको परिवर्तन केबल यिनै एलीयट बर्गको लागी मात्र की सबैलाई? यी प्रश्न हरूको जबाफ चाहिएको छ, अहिले। यो लेख लेख्दै गर्दा मैले केहीबेर अगाडी सामाजिक संजालमा हेरेको एक भिडियोको प्रसंग जोड़न चाहन्छु । त्यो भिडियोमा धेरै क़ुरा त स्पष्ट छैन, तेस्मा बुझिय अनुसार नाइजीरियाको एक जना संसद आफ़नो औषधि उपचारको लागी सुविधा सम्पन्न अन्य मूलकमा जान्छन । यसरी आफ़नो देशको संसद औषधि उपचार गर्नु आउदैछ भन्ने थाहा पाएपछी त्यो देशमा बसने नाइजीरियन नागरिकहरू भेला हुन्छन र आफ़नो देशमा औषधि उपचार नगरी विदेशमा आएको भन्दै जा आफ्नै देशमा औषधि उपचार गर्ने अस्पताल बना भनेर मजाले भकुरछन । मैले यो यहाँ किन प्रस्तुत गर्न खोजेको भने फेरि सिंगापुरतीरको नेपालीहरू पनि जाग है भन्ने अभिप्रायले होईन, तर ढीलो या चाडो हामी यो दिन कहा पनि आउछ है भन्न हो । सहु सहु बाबु सहन सके ज़ती, अति भएपछी अवश्य हुन्छ ख़ती। समग्रमा मैले उठाउन खोजेको क़ुरा के हो भने जबसम्म कुनै पनि देशको राजनीति सफ़ा हुदैन, जबसम्म मूल्य मान्यतामा अडिग राजनीति हुदैन । जबसम्म नेतृत्व सबल, सक्षम, पारदर्शी र भ्रष्टाचार रहित हुदैन, तबसम्म कुनैपनि देशले विकास र सम्बृधि प्राप्त गर्नु सक्दैन, त्यो केबल नारामा मात्र सीमित रहन्छ । 'संबृध नेपाल, सुखी नेपाली' भनने नारा पनि केबल नारामा मात्र सीमित नहोस, विकास र समृद्धिको अनुभूति सिंहदरबार वरिपरी रमाउनेले होईन दूरदराज़को जनताको अंतर्मनबाट प्रस्फुटन हुन सकोस । मेरो लेखको आशय यत्ति नै हो, मेरो शुभ कामना ! (नेपाल सरकारका पुर्ब प्रहरी अधिकृत, सन्तोष हाल अमेरिकामा बस्दै आएका छन् ।)

images
प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - ११:३०:२२ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend