Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

माया (लघुकथा) - निशा के. सी.

माया (लघुकथा) - निशा के. सी.

सतीश चापागाईं

२६, भाद्र २०७६
images
  हृदयाघात भएर माया खसेपछि मेराे हराभरा सुन्दर वाग उजाडिएकाे थियाे । छाेराबुहारी अमेरिकामै सेटल भएका थिए । छाेरी अाफ्नै घरसंसारमै रमाइरहेकी थिई । चाडबाडमा अाएर छाेरीले पुछिदिएका अाँशुले हृदयमा छाएकाे मायाकाे रिक्तता भर्न कहाँ सक्नु..? नितान्त एक्लिएकाे थिएँ । छाेरीकै सल्लाह अनुसार फेसबुक, ट्विटरमा जाेडिएँ । साठी बर्षकाे उमेरमा अाफ्ना मनका भावना शब्दमार्फत फेसबुकमा खन्याउन थालेपछि मेरा थुप्रै साथीहरू भए । त्यसमध्ये विशेष थिइन् निला । सायद उनी पनि एक्लाी थिइन् । हामीबीच सुमधुर सम्बन्धका सम्भावना देखेर कफीकाे प्रस्ताव राखेँ । उनले सहर्ष स्वीकार गरिन् । मायाले छाेडेर गएपछि पहिलाे पटक यत्ति धरै खुशी भएकाे थिएँ । लथालिङ्ग काेठामा लगाउने ढंगकाे कपडा पनि भेटिनँ । माेजा जुत्ता कता कता..! बल्लतल्ल जुत्ताभित्र घुसारीराखेकाे एकजाेर माेजा भेटेँ । लाउन खाेज्दा नङले घाेचेर च्यातियाे । नच्यातियाेस् पनि किन..? नाै महिना भैसकेकाे रहेछ जुत्ताभित्र माेजा घुसारेकाे । फेरि पनि मायालाई सम्झिएँ । कत्ति व्यवस्थितसँग राखिदिन्थिन् मेरा सामानहरू । सुकेधारामा निलु पर्खिरहेकी थिइन् -" एकिछन् कपनसम्म जाउन है अर्जेन्ट पर्याे ?" उनले गाडीमा बस्दै भनिन् । अनुराेध नकार्न सकिन । त्याे एउटा महिला संस्था रहेछ । मलाई पनि भित्र अाउन कर गरिन् । जुत्ता खाेल्दा माेजा देख्लिन् भनेर कुनातिर गएर माेजा समेत फुकालेँ । उनी भित्र गइन म वाेइटिङ रूममा बसेर उनलाई पर्खिरहेँ । अाधा घन्टापछि उनी निस्किइन् । " कुन रेस्टुरेण्टमा जाने ? " - गाडी स्टार्ट गर्दै साेधेँ । "जुनमा गए पनि हुन्छ ।" उनका अाँखा सडकका दायाँबायाँका पसलमा दाैडिरहेका थिए केही खाेजे झैँ । "केही किन्नु छ कि ?" मैले नै माैनता भंग गरेँ । " एकजाेर बुट किनाै भनेकाे उनले प्रष्ट पारिन् । " " किन याे भएन र ? " मेराे इशारा उनले लगाइरहेकाे बुटतर्फ थियाे । "याे भन्दा सजिलाे खाेजेकाे ।" उनी हाँसिन् । एउटा जुत्ता पसल अगाडि लगेर गाडी राेकेँ । उनी जुत्ता हेरेर नकिनी फर्किइन् । साेचेँ कतै मैले किनिदेवाेस् भन्ने चाहना पाे थियाे कि ? त्यसपछि हामी उनकै इच्छा अनुसार थकालीमा गयाै ताताेताताे थुक्पा खाने भनेर । फेरि एकपटक उनले नदेख्ने गरी जुत्तामा माेजा घुसार्न बाध्य भएँ । चकटीमा सजिलाे गरी बस्दै मैले दुई वटा थुक्पा र कफी अर्डर गरेँ । उनले एउटा सानाे पाेकाे मतर्फ बढाइन् गिफ्ट भनेर । के रहेछ .!! काैतुहल हुँदै खाेलेँ त्याे पाेकाेभित्र दुइ जाेर ब्रान्डेड माेजा रहेछ..। - काठमाण्डौ, नेपाल । (- निशा के. सी.को लघुकथा साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :भाद्र २६, २०७६ बिहिवार - १७:०५:३८ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend