Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दर्खास्त आह्वान

एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दर्खास्त आह्वान

सतीश चापागाईं

२७, भाद्र २०७६
images
  लण्डन । एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कारको लागि दरखास्त आव्हान गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनएए)ले गठन गरेको पुरस्कार व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार दर्खास्त आह्वान गरिएको हो । बिहीबार साइबर कन्फ्रेन्समार्फत बसेको बैठकले नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांङीद्वारा प्रस्तावित पुरस्कार सम्बन्धी सार्वजानिक सूचनालाई परिमार्जनसहित पारित गरेको थियो । बैठकले पुरस्कार छनोटको लागि एक उच्चस्तरिय समिति गठन गर्ने समेत निर्णयसमेत गरेको छ । समितिले छनोट गरेका पत्रकारलाई संघको आगामी अक्टोबरमा १५ देखि १७ सम्म काठमाडौंमा हुने एनआरएनए विश्व सम्मेलनमा नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिने छ ।

images
प्रकाशित मिति :भाद्र २७, २०७६ शुक्रवार - १६:३०:४७ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend