Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

एउटा अफ्रिकन दन्त्यकथा -सुरेन्द्र मल्ल

एउटा अफ्रिकन दन्त्यकथा -सुरेन्द्र मल्ल

सतीश चापागाईं

३०, भाद्र २०७६
images
अफ्रिकाको कुनै एक गाउँको एक बुद्धिमान, वृद्ध मानिस प्राय जसो आफ्नो गाउँ नजिकको रुखको छहारीमा बसेर दिनहरू बिताउने गर्दथियो । एक दिन, एक बटुवा उनको सामु आए र सोधे, "ए बूढो मान्छे, म यात्राको क्रममा धेरै टाढा देखि आउदैछु । मैले बाटोमा धेरै चीजहरू देखेको छु र धेरै मान्छेहरू पनि भेटेको छु। के तिमि मलाइ बताउन सक्छौ, यदि म यो गाउँ भित्र गएँ भने, त्यहाँ मैले कस्तो प्रकारका मान्छेहरू भेट्नेछु?" ति बुद्धिमान बृद्ध मानिसले जवाफ दिए, "हो, म तिमीलाई खूसिका साथ् बताउन चाहन्छु। तर पहिले मलाई बताउनुस तपाईंको यो यात्राको क्रममा कस्ता कस्ता मान्छेहरूसँग भेट भएको छ ?" यात्रीले जवाफ दिए, "ओहो, तपाईं विश्वासै गर्नुहुन्न। मैले सबैभन्दा डरलाग्दो व्यक्तिलाई भेटेको छु! जो परदेशीहरू प्रति स्वार्थी र निर्दयी छन् । मानिसहरू आफैलाई वा एकअर्कालाई कुनै वास्तै गर्दैनन्। मैले त्यस्ता मूर्ख युवा जवानहरूलाई भेटें, जसबाट म केहि सिक्न सक्दिन र बुढा मान्छेहरू जसको निरासपनले जो सुकैलाई निरुत्साहित गर्दछ। " यात्रीले बोल्दै गर्दा, बुद्धिमानी बृद्ध मानिसको आँखामा दुख छायो र सबै कुरा बुझे जस्तो गरि टाउको हल्लाउदै रहे । "हो," उनले भने। "मलाई पूर्ण बिस्वाश छ कि तपाइले भन्नु भएका जस्तै ठ्याक्कै उस्तै खालका मान्छेहरु म चिन्दछु । र मलाइ माफ गर्नुस, यदि तपाइँ मेरो गाउँ पस्नु भयो भने मलाई डर छ कि तपाइले त्यस्तै खालका मान्छेहरू भेट्नु हुनेछ । " "मलाई थाहा थियो!" यात्रीले खिज्याए । "यो जहाँ पनि यस्तै हो।" उनले आफ्ना खुट्टा भुइँको माटोमा बजारे र त्यो गाउँ भित्र जाने कुनै सोंच नै नराखी बाटो उँधो तिर सुइंकीए । केही घण्टा पछि, अर्को यात्री बुद्धिमान मानिस भएको ठाउँमा आए। "बाजे हजुर," उनले भने, "म धेरै टाढा देखि यात्रा गर्दै आएकोछु। मैले बाटोमा धेरै चीजहरू देखेको छु र धेरै मान्छेहरूलाई पनि भेटेको छु । के तपाईं मलाई बताउनुहुन्छ, यदि म यस गाउँमा गएँ भने, त्यहाँ मैले कस्तो प्रकारका मान्छेहरू भेट्नेछु? " बुद्धिमान मानिसले जवाफ दिए, "हो, म हजुरलाई खुशीका साथ् भन्न चाहन्छु। तर पहिले, मलाई तपाईंको यात्रामा कस्तो प्रकारका व्यक्तिहरू संग भेट भयो बताउनुहोस् न । " दोस्रो यात्रीले जवाफ दिए, "ओहो, तपाईं यसलाई विश्वास गर्नुहुन्न। मैले सबैभन्दा गजबको मान्छेहरू भेटें! जो मान्छेहरू अपरिचित व्यक्तिहरू प्रति ज्यादै दयालु र उदार हुनुहुन्छ; जो परिवारका सदस्यहरू जस्तै एक अर्काको हेरविचार गर्दछ। मैले जवान मानिसहरू पनि भेटें जो आफ्ना उमेरको अनुपातमा ज्यादै बिबेकशील छन्, र मैले बुढापाकाहरूलाई पनि भेटें जसमा जवानीको जोश छ र भेटेका सबैलाई आनन्दित पार्दछ । अनि मैले भेटेका ती सबैबाट धेरै कुरहारु सिकेको छु। " यात्रीको कुरा सुने पछि त्यो बुद्धिमान व्यक्ति सबै कुरा बुझे-जाने जस्तो गरि टाउको हल्लाउन्दै मुस्कुराए । "हो", उनले भने । "मलाई लाग्छ तपाइंले भने जस्तै मान्छेहरूलाइ म चिन्दछु । मलाई यो कुरा भन्न खुशी लाग्छकी यदि तपाइँ मेरो यो गाउँ भित्र जानु भयो भने, म निश्चित छु, तपाईले अन्यत्र भेटे जस्तै मान्छेहरू भेट्नु हुनेछ । " "त्यसो भए आउनुहोस्," यात्रीले भन्यो, "र तिनीहरूसँग परिचय गराई दिनुहोस ।" (सुरेन्द्र मल्लको फेसबुकबाट)

images
प्रकाशित मिति :भाद्र ३०, २०७६ सोमवार - १३:४१:४० बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend