Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

मेरिल्याण्डमा भूटनिज नेपालीको 'हाम्रो कल्चरल' कार्यक्रम हुने

मेरिल्याण्डमा भूटनिज नेपालीको 'हाम्रो कल्चरल' कार्यक्रम हुने

सतीश चापागाईं

३१, भाद्र २०७६
images
  मेरिल्याण्डमा भूटनिज नेपालीको हाम्रो कल्चरल कार्यक्रम हुने भएकोछ । यल्लो ड्रयागन इन्टरटेन्मेंट (Yellow dragon entertainment co ।)को आयोजनामा यो कार्यक्रम हुन लागेको हो । अमेरिकाको बिभिन्न राज्यबाट बिशिष्ट कलाकार लगायत नव कलाकारहरूको प्रतिभालाई सम्मान र उत्थान गर्ने उद्देश्यले यो कार्यक्रम हुन गईरहेको आयोजकले बताएका छन् । सम्पूर्णलाई प्राथमिकताका साथ अब आउने सेप्टेम्बर महिनामा हुने "हाम्रो कलचरल प्रोग्ग्राम" नामक कार्यक्रम रहेको र उक्त कार्यक्रमका सन्चालक चन्द्र उप्रेती र अनिश सुब्बाले बताउनु भएको छ। अमेरिकाको धेरै राज्यमा कार्यक्रमहरू भईरहे पनि यो राज्यमा कमै कार्यक्रम हुने गर्छ।अहिले सम्म हाम्रो युथ ग्रुपद्धरा दुईवटा कार्यक्रम भईसकेको छ जुन ग्रुप युनाईटेट भूटनिज युथ अफ बाल्टिमोर रहेको छ। बिभिन्न राज्यबाट बिशिष्ट कलाकार तथा नव कलाकारहरूको गित सँगित, नृत्य, कमेडिय साथै साहित्यलाई पनि कार्यक्रममा समावेश भएको जानकारी दिनु भएको छ। कार्यक्रममा गायकहरूमा राज खम्बु, टिका घिमिरे, रोशन अधिकारी, एमके बान्तवा राई, पूर्ण मगर र हरि सुजिको बिजोड प्रस्तुती रहने छ । कार्यक्रममा नृत्यकारहरूमा प्रथम MDC बिजेता पूर्णि गुरुङ कासाथै अलिना राई महत, समिर गुरुङ, सोयोटा सुब्बा रहनेछन ।   कार्यक्रमबारे थप जानकारी आयोजकको यो बिज्ञप्तिमा छ: कार्यक्रममा गायकहरूमा Raj Khambu,Tika Gimire,Roshan Adhikari,MK Bantawa Rai,Purna Monger and Hari Suji को बिजोड प्रस्तुती रहने छ । कार्यक्रममा नृत्यकारहरूमा प्रथम MDC बिजेता Purni Gurung अरू dancer हरूमा Alina rai mahat,Samir Gurung,Soyota Subba. Riverdale group dancers Kanchan Gurung Rai Mamila Ishika Limbu Anita Rai and Baltimore group dancers Pampha Tamang Karuna Rai Mingsoma Subba Benita Rai Hasina Rai Nisha Magarद्धारा दमदार प्रस्तुतिहरू रहने छ। कार्यक्रमलाई Gopal Rai द्धारा सन्चालन गर्नेछन भने नव हाँस्य कलाकार Biren Lingden को प्रस्तुती सँगै साहित्यकार Bahadur Rai ज्युको कविता,साईरी,गजल,मुक्त्तक प्रस्तुति रहने छ। कार्यक्रम हुने मिति 2019 सेप्टेम्बर 28 तारिक शनिबारको दिन ठिक साँझ 4 बजे देखि शुरू हुने र स्थान 5401 kenwood ave,baltimore,MD 21206 मा रहने बताउनु भएको छ। अमेरिकामा पनि हाम्रो बिभिन्न छेत्रमा ओझेल परेका बिशिष्ट कलाकार साथै नव प्रतिभालाई कला गलाको जोगेड्न अनि मौका दिई आफ्नो कला,भाषा,संस्कृतिलाई जोगाउ भन्ने सन्देश कार्यक्रमले दिने जानकारी दिनु भएको छ।कार्यक्रम निशुल्क हेर्न सक्नु हनेछ। कार्यक्रमलाई हौसला,माया र सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीहरूमा आयोजकले आभार प्रकट गर्नु भएको छ। सहयोग गर्नु हुनेहरूमा Greater Baltimore Homecare, Hamilton Grocery, K Brothers LLC, Highlandtown Grocery, Apna-Desh, Crown Pizza, Ghimire House, Dxn Gyanu Waling Rai, Sangye Jojo, Ash Chamjong Subba and Dilli Dhunguna. कार्यक्रमको थप जानकारीको लागि आयोजकलाई सम्पर्क गर्न सक्नु हुन्छ । Anish Subba : (667) 207-983 Chandra Upreti : (410) 497-4215 जय गित जय सँगित जय कला जय गला जय भाषा जय संस्कृति सधै बचौँ सधै जगैाँ ।।।।

images
प्रकाशित मिति :भाद्र ३१, २०७६ मंगलवार - १०:२७:३१ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend