Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

मध्यपुर्व संयोजक आर के शर्माले सचिब पदमा उमेद्वारी दिने

मध्यपुर्व संयोजक आर के शर्माले सचिब पदमा उमेद्वारी दिने

नेप्लिज डायस्पोरा

८, आश्विन २०७६
images
काठमाडौँ । गैरआवासिय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषदको आसन्न नबौ महाधिबेशनको चर्चा चलिरहेका बेला मध्यपुर्व संयोजक आर के शर्मा ९राजेन्द्र कुमार शर्मा० ले सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । एनआरएनए एनसीसी कतारको सल्लाहकार, आइसीसी सदस्य हुदै हाल मध्यपुर्व संयोजकको नेत्तृत्व गरेका शर्माले २०१९–०२१ कार्यकालका लागि अन्तर्राष्टिय समन्यय परिषदको सचिब पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मध्यपुर्व संयोजक हुदाँ प्राय सबै देशहरुमा पुगेर श्रमिक नेपालीको समस्यालाई सम्बन्धित निकायमा पुगेर समाधान गर्दै आइरहेका शर्मा बैदेशिक रोजगारीमा आउने श्रमिक नेपालीहरुलाई प्राथमिकतामा राख्दै काम गरेका छन । स्वास्थ, सुरक्षा तथा सचेतना कार्यक्रमदेखि घरेलु कामदारको रुपमा आउने महिलाहरुले झेल्नु परेको समस्याहरुलाई निराकरण हुदै दुताबासबाटै श्रम स्विकृति दिलाउने सम्मका कार्यहरुलाई शर्माले जोड दिएका छन् । मध्यपुर्बबाट लगानी तथा पर्यटक नेपाल भित्र्याउन पहल गर्दै आएका शर्मा सम्पुर्ण एनआरएनका अभियान्तहरुले साथ दिनेमा विश्वस्त रहेको बताउछन् । कतार लगायत विभिन्न देशहरुमा सफल ब्यावसाय गर्दै आईरहेका शर्मा मध्यपुर्वका खाडी राष्ट्रहरुमा श्रमिक नेपालीहरुको माझमा निकै लोकप्रिय रहेका छन् । एनआरएनको अभियानमा उनको उम्मेदवारीलाई अर्थपुर्ण रुपमा हेरिएको छ । गैरआवासिय नेपाली संघको विश्व सम्मेलन आउदो अक्टोबर १५ देखि १७ सम्म काठमाण्डौमा हुदैछ ।

images
प्रकाशित मिति :आश्विन ८, २०७६ बुधवार - १२:३५:२१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend