२७, कार्तिक २०७६
नालापानी हाम्रै हो । लिपुलेक हाम्रै हाे ।1950 काे अनि सुगाैलि सन्धि हाम्राे प्रमाण हाे ।यि कुरा बुझ्नु छ भने भारत सरकाले एेतिहासका पानाहरू पल्टाएर हेराेस्।हाम्रा पुर्खाहरुले भाला, खुकुरी, ढुङ्गा, माटाे र लाैराहरुलाई हतियार बनाएर लडेर हामीलाई स्वाभिमान, स्वतन्त्र नेपाल देश नाशाेकाे रूपमा दिएर वीरगति प्राप्त गरेका ऐतिहास हामी माझ अनि विश्वमाझ साक्षि छन्।हामीलाई हाम्राे रास्ट्र चाहिएकाे हाे, हाम्राे भूभाग चाहिएकाे हाे ,अझ हामीलाई याे पनि चाहिएकाे हाे ।
भारत र नेपालविच सदियाैंदेखि छिमेकीकाे सम्बन्ध रहेकाे छ।खुल्ला सिमाना ,खुल्ला ब्यापार एउटै धर्म एउटै संस्कृति अनि भाषिक रूपमा पनि हामीमा समनता रहेकाे अवस्था छ,यि त उदाहरण मात्र हुन धेरै कुरामा भारतसँग हाम्राे निकटता रहेकाे छ। तर २१अाैं शताब्दीमा अाएर एक देशले अर्काकाे देशकाे भूमिकाे अतिक्रमण गर्नु विश्वसमुदाएमा राम्रो सन्देश पनि हाेइन ।
हामी दुई ढुङ्गाविचका तरुल हाै, दुवै शक्तिशाली छिमेकीले हामीलाई मित्रवत् ब्यवहार गरुन ताकि हाम्रो कमजाेरि र गरिबीकाे फाइदा नऊठाऊन ।अहिलेकाे युग भनेकाे मानवताकाे युग हाे,स्वतन्त्रताकाे युग हाे ।
हामी स्वतन्त्रताका लागि मानवताका लागि जस्ता युद्ध लड्न पनि तयार छाैँ ।याे समय संवेदनशील समय हाे अाज नेपाल अामाकाे छातीमाथि किल्ला गाडिएकाे छ,याे समय पार्टिका झन्डा बाेकेर एकले अर्कालाई गालि गरेर सडकमा ऊत्रने बेला हाेइन ,नेपालकाे झन्डा बाेकेर 'हातमा हात काँधमा काँध' बाेकेर नेपाली उभिने धर्तीकाे रक्षा गर्ने बेला अाएकाे छ ।
एक छाक भाेकै बसेर हजार छाक जाेहाे गर्ने बेला अाएकाे छ।एक पुस्ता मरेर हजार पुस्ता र देशलाई बचाउने बेला अाएकाे छ ।नेपाल अथाह सम्भावना बाेकेकाे देश हाे ।
हामीसँग हिमालवाट बग्ने जल छ,पहाडमा मनाेरम हावापानी छ अनि तराईमा अन्नकाे भण्डार छ विश्वसँग स्वाभिमानका लागि लडेका हाम्रा पुर्खाकाे ऐतिहास विश्वकाे ऐतिहासमा साक्षि छ।हामी कमजाेर छैनाैँ तर हामीमा एकता हुनु जरुरी छ ।
हामी कसैकाे भूमिका लागि लडेका छैनाै हामी हाम्राे भूमिकाे लागि अात्मरक्षाका लागि लड्ने छाैँ । सत्यलाई जीवित राख्न लड्ने छाैँ ।
अहिलेकाे युग विश्वब्यापिकरणकाे सिद्धान्तमा चलेकाे युग हाे ,यस सिद्धान्तले विश्व नै एउटा साझा घर अनि विश्वका मानिसहरु मानवका दाजुभाइ भन्दछन । यस्ताे परिवेशमा अर्काकाे भूमिको अतिक्रमण गर्नु पुरातनबादी साेच हाे ।गल्ति प्रकृतिकाे नियम हाे तर गल्ती नसच्याउनु महा गल्ती हाे ।
प्रकाशित मिति :कार्तिक २७, २०७६ बुधवार -
०७:१४:१९ बजे