Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

वसन्तको पदचाप पृथ्वी तलमा (कविता) -गंगा लिगल

वसन्तको पदचाप पृथ्वी तलमा (कविता) -गंगा लिगल

नेप्लिज डायस्पोरा

१२, मंसिर २०७६
images
  शिशिरको खास्टो फाली वसन्तको घुम्टो ओढेर जनमासमा ऋतु राजको शुभागमन हुन्छ यो अद्वितीय दृश्य त स्वर्गबाट पृथ्वीमा परिले पदार्पण गरेको भान हुन्छ चिसो, खल्लो अनि तर्‍रो फोहर मैला उदाङ्ग भै वातावरणमा मुस्कुराहटले ठाउँ लिन्छ अनि प्रकृति यौवनमय बन्दछ । जाडो र गर्मी दुबै गुणका स्वामी ऋतु राज वसन्तको पदचापले पृथ्वी तल हर्षले गद गद हुन्छ गुराँसमा यौवनको लालीमा थपिन्छ बगैचामा सुगन्धित फूलले नयाँ बहार ल्याउँछ जस्ले जगतलाई नै आफूतिर खिच्ने मार्गदर्शन बनाउँछ हराभरा डाँडा लह-लह धानका बाला मयूरको मनमोहक नृत्य यी सम्पूर्ण दृश्यले जगत नै बिभोर हुन्छ । मन्द पवनले हिमालको चिसो स्पर्श कञ्चन छहरा ,मधुर कोइलीको संगीतले जब पृथ्वीमा अभिषेक गर्छ विश्व नै आनन्द तिरेक बन्छ जब पृथ्वीमा वसन्तको दिव्य प्रभातीय ज्योतिकै स्फुरण भएको बोध हुन्छ तब मानव आफूलाई अति नै गौरवशाली ठान्दछ । शिशिरको मारले उघ्रन नसकेका कलिला कोपिला पनि बिस्तारै आँखा मिच्दै हेर्न थाले वसन्तले राज्य गरेको यस स्वर्गसरि जगतलाई यही रोमाञ्चकारी समयको अर्को उपलब्धी जसले दिनमा दिव्यताको बोध साथै रातले लघुतालाई बहन गर्न बाध्य हुन्छ जसले गर्दा दिवा नै दिव्यताको संयोग बन्न पुग्छ यही खुशीयालीमा महक फैलाउँदै बेली चमेलीले लावा झैं आफूलाई पृथ्वी तलमा छर्दै वसन्तको स्वागतमा रमणीयता दर्शाउँदै रङ्गी-बिरङ्गी पुतली आई छम-छम नाचेको दृश्यले कस्को मन हर्दैन र ? अनि पृथ्वीमा पूर्ण रुपले सौन्दर्यको राज्य चक्काचौध हुन्छ वसन्तले हरियालीको पिङ्गमा मस्त भै पारिलो घामसँगैको दृश्यमा ऋतु राजले सम्पूर्णमा शैत्य गाम्भिर्य र माधुर्यताले छर छर छर छर अभिषेक गरिदिन्छ जसले पृथ्वी नै स्वर्ग सरि बन्दछ । धन्यवाद । - सिद्धार्थ नगर नयाँ सडक वार्ड नं.- ७ हाल : भैरहवा, नेपाल । (गंगा लिगलको यो कविता साहित्यकार साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram)  मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :मंसिर १२, २०७६ बिहिवार - ११:५२:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend