Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

लोकदोहोरी गीत प्रतिष्ठानमा ५ सदस्य र १३ सल्लाहकार मनोनित

लोकदोहोरी गीत प्रतिष्ठानमा ५ सदस्य र १३ सल्लाहकार मनोनित

नेप्लिज डायस्पोरा

१७, मंसिर २०७६
images
काठमाडौँ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सदस्यमा ५ र सल्लाहकारमा १३ जनालाई मनोनित गरिएको छ । यही मंसिर ६ देखि ८ गतेसम्म पोखरामा भएको सातौँ महाधिवेशनबाट गठित नयाँ कार्यसमितिका लागि सदस्य र सल्लाहकार मनोनित गरिएको हो । नवनिर्वाचित अध्यक्ष रमेश विजीको प्रस्तावमा कार्यसमितिले अनुमोदन गरेर उहाँहरुलाई हिजो मनोनित गरिएको प्रतिष्ठानका पूर्व अध्यक्ष दुर्गा रायमाझीले जानकारी दिनुभयो । कलाकारहरु अमृत अधिकारी, शंकर विरही गुरुङ, कुमार पुन, सुनिता दुलाल र सुवास रेग्मी केन्द्रीय सदस्यमा मनोनित हुनु भएको हो । उहाँहरुलाई हिजो नै सपथ ग्रहण गराइएको छ । यसैगरि प्रतिष्ठानले सल्लाहकार समितिमा १३ जनालाई मनोनित गरेको छ । मनोनीत सल्लाहकारहरुमा नारायण रायमाझी, राजन लम्साल, खिम बहादुर हमाल, कोमल वली, रामचन्द्र कोइराला, आर सी कोइराला, उज्वल जङ्ग ठकुरी, रमेश बाबु श्रेष्ठ, पुर्ण बहादुर हेल्मो गुरुङ, डा. गोविन्द आचार्य, पृथ्वी थकाली, भरत बस्नेत र कानुनी सल्लाहकार राधाकृष्ण पाठक रहनुभएको छ ।

images
प्रकाशित मिति :मंसिर १७, २०७६ मंगलवार - ०८:१७:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend