५, माघ २०७६
मुक्तक -१
मनले सोच्या नभैकन तसै खडगयो
तम्राइ जसो मेरो पन तसै खडगयो
फर्केर आउनै भुल्यो परदेशी भमरा
देशमा फूलको जोवन तसै खडगयो।
मुक्तक -२
कसैलाई फसाउँने, फस्ने बानी छैन
डस्न नआउँनेलाई डस्ने बानी छैन
म जस्तो छु त्यस्तै देखिन चाहन्छु
बाहिर धेरै चिल्लो घस्ने बानी छैन ।
मुक्तक -३
भए पनि ठूलै विद्वान कहाँ पाइन्छ र ?
घृणा गर्नेबाट गुणगान कहाँ पाइन्छ र ?
एकपटक नजरबाट खसिसकेपछि
पहिलाकै जस्तो सम्मान,कहाँ पाइन्छ र ?
मुक्तक -४
मरिजाने चोला यो, आफै भन्नूहुन्छ
बाँचिरहने छ र को ? आफै भन्नुहुन्छ
फेरि आफै गर्नु हुन्छ, हजुर मपाई पनि
जिन्दगी दुई दिनको हो,आफै भन्नूहुन्छ ।
मुक्तक -५
उडिसक्यो रुप रंग, कस्ले सम्झिन्छ र ?
छैन केही दिने ढंग, कस्ले सम्झिन्छ र ?
छँदा खाँदा सबैले नाता गाँस्दै आउँथे
के छ अब मसँग, कस्ले सम्झिन्छ र ?
बझाङ्ग, नेपाल ।
हाल : बैगलोर भारत ।
(दिनेश धामीका यी मुक्तकहरु साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)
प्रकाशित मिति :माघ ५, २०७६ आइतवार -
१०:५८:३८ बजे