११, भाद्र २०७५
आदरणीय बाल्टिमोर तथा वरपर निवासी दाजुभाई दिदी बहिनीहरू हामी बिभिन्न जनजाति , तराई, हिमाल, पहाड़मा बसोबास गरि आज हामी संयुक्त राज्य अमेरिकालाई कर्म भूमि बनाउँदै आएका छौं ।
हाम्रो पहिचान नै हाम्रो रितिथिति , भाषा, चाडपर्व, धर्म र संस्कार नै हो । त्यसैले हामी नेपाल बाहिर बसोवास गरेता पनि हाम्रो सांस्कृतिक धरोहरलाई संरक्षण गर्दै आईरहेका छौं र एक आपसको कार्यक्रममा भाग लिने पनि गर्छौं ।
यसैक्रममा काठमाण्डौं उपत्यकाको विशेष राष्ट्रिय पर्व नेपाल कै ऐतिहासिक चाडको रूपमा मनाउँदै आएको येँ या पुन्हिं ( ईन्द्र जात्रा पर्व) अमेरिका लगायत संसारकाे बिभिन्न देशकाे शहरहरूमा मनाउँदै आईरहेका छन् । त्यसैले यो वर्ष देखि झी नेपामि- हामी नेपालीको आयोजनामा ईन्द्र जात्रा पर्ब हाम्रो ग्रेटर बाल्टिमोर सिटीमा पनि भब्यताका साथ सुसम्पन्न गर्नका लागी यहाँहरूलाईसपरिवार निमन्तरणा गर्दैछौं।
यस पर्वमा बिशेष आकर्षणको रूपमा बृहत् सम्ये बजि प्रदर्शन , लाखे नाच, पुलुकिसि नाच, झ्यालिन्चा नाच, कुमारी रथ यात्रा, सांस्कृतिक परेड तथा लोकप्रिय कलाकारहरूबाट समसामयिक सांगितिक नाचगान साथै अरू धेरै कार्यक्रमहरू मञ्चन हुनेछ ।
एेतिहासिक एवम् साँकृतिक चाडकाे भरपुर निशुल्क मनाेरञ्जन लिनुकाे साथै सम्ये बजी ग्रहण गर्न सपरिवार पाल्नुहुन झी नेपामी-हामी नेपाली हार्दिक अामन्त्रित गर्दछ ।
कहिले ? – सेप्टेम्बर २३ आईतबार, दिनको १२ बजे देखि ५ बजे सम्म
कहाँ ?- Gunpowder State Park
7200 Graces Quarters Road
Middle River Maryland 21220 Shelter # 3
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार -
१२:३८:२२ बजे