Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

आमा हाँस्छिन् (कविता) - गंगा लिगल

आमा हाँस्छिन् (कविता) - गंगा लिगल

नेप्लिज डायस्पोरा

२९, माघ २०७६
images
  नदीको पानी अति चोखो मान्छन् त्यसमा सबैले फोहर फाल्छन् प्रत्येक बुँदले महत्त्व राख्छ किनकी यो निरन्तर बहिरहन्छ । आमाको माया अत्यन्त चोखो किनकी यो सदा आदर्शको भोको त्यसमा कस्मल लेश छैन राग ईर्ष्या र द्वेष छैन । सदा वात्सल्य प्रेम भरिएको ममताको हात पसारिरहेको स्नेहले सधै सधै चुमिरहेको सदा पवित्र माया पोतिरहेको । सन्तान सधै खुशी भएमा धर्तीको रुपमा आमा हाँस्छिन् तिनलाई दु:ख कष्ट भएमा पीडा जलनले रोई हिँडछिन् । आमाको माया बुझौं सबैले एक अर्कालाई नपिरोलौं कसैले तिनको मुहारमा मुस्कान ल्याऔ तिनकै आदर्शले धर्ती सिंगारौ । - सिद्धार्थनगर नयाँ सडक - ७ हाल : भैरहवा, नेपाल ।   (-गंगा लिगलको यो कविता  साहित्यकार गोम बिक्रमले संकलन गर्नु भएको हो । नेप्लिज डायस्पोरा पत्रकार सतिश चापागाईंको सम्पादकत्वमा अमेरिकाबाट संचालन हुने अनलाइन हो । तपाई पनि नेप्लिज डायस्पोरामा साहित्यिक रचना पठाउन चाहनुहुन्छ भने गोम बिक्रमको फेसबुक (https://www.facebook.com/gom.bicram) मा सम्पर्क गर्नुहोला । नेप्लिज डायस्पोराको फेसबुक पेज https://www.facebook.com/nepalesediaspora लाइक गर्न र युट्युब च्यानल https://www.youtube.com/nepalesediaspora लाई सब्स्क्राइब पनि गर्नु होला। -सम्पादक ।)

images
प्रकाशित मिति :माघ २९, २०७६ बुधवार - १०:०४:५६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend