Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको नेपाल सरकारसंग जोडदार माग

नेपाल आदिवासी जनजाति महासंघ बेलायतको नेपाल सरकारसंग जोडदार माग

सतीश चापागाईं

११, भाद्र २०७५
images
  मिति: २३ अगस्ट २०१८ प्रेस बिज्ञप्ति नेपाल सरकारले २०७५ भाद्र १ गतेबाट लागु हुने भनी हालै जारी गरेको मुलुकी अपराध संहिता ऐनको २८९ को उपदफा २ मा ब्यवस्थित "गाई वा गोरु मारेकोमा ३ बर्ष कैद र दण्ड सजाँय हुने" कानूनी ब्यवस्था नेपालको संबिधानमा ब्यवस्था भएको "धर्म निरपेक्ष राज्य" को मर्म बिपरित भएको नेपाल आदिवासी जनजाति महासंघ (नेफिन यूके) को ठहर छ । उक्त ब्यवस्थाले नेपालको आदिवासी जनजाति समुदायको धार्मिक तथा साँस्कृतिक अधिकारमा प्रतिकुल असर पारेको छ । यसरी एकल जातीय सम्प्रदाय र एकल धर्मावलम्वीहरुको मात्र पक्षपोषण गर्ने उद्देश्यले ल्याइएको उक्त कानूनी ब्यवस्थाको नेफिन यूके बिरोध गर्दछ र उक्त कानूनी ब्यवस्था बदर गर्न नेफिन यूके जोडदार माग गर्दछ । त्यस्तै सोही कानूनी ब्यवस्थाको बिरुद्द गत २०७५ भाद्र १ गतेको दिन काठमान्डौको अनामनगरमा शान्तिपूर्ण बिरोधमा उत्रिएका श्री बिकिन लिम्बुलाई नेपाल प्रहरीले गिरफ्तार गरेको छ । शिवरात्रिमा र सार्वजनिक पाटी–पौवातिर जोगीहरुचाहिं नाङ्गो हिंड्न र बस्न पाउने तर हजारौं शहिदहरुको बलिदानबाट प्राप्त धर्म निरपेक्षताको बचावमा शान्तिपूर्ण आन्दोलन गरिरहेका बिकिन लिम्बुलाईचाहिं भने जेल हाल्ने ? सरकारको नियत र कार्य कति न्यायसंगत छ त्यो प्रष्ट रुपमा बुझ्न सकिन्छ । अत: नेपाल आदिवासी जनजाति महासंघ बेलायत श्री बिकिन लिम्बूको मागको उचित सम्बोधन गर्दै उनलाई यथासिघ्र रिहाई गर्न नेपाल सरकारसंग जोडदार माग गर्दछ । अन्तमा, नेपाल आदिवासी जनजाति महासंघ बेलायत नेपालभित्र र बाहिर रहेका धर्म निरपेक्ष राज्यब्यवस्था पक्षधर सम्पूर्ण शक्तिहरुप्रति ऐक्यबद्दता जनाउँदै उनीहरुसंग सांगठनिक सहकार्य गर्ने प्रतिबद्दता जाहेर गर्दछ । _____JS_______ ____KL____ जंग सुनुवार खुशी लिम्बु अध्यक्ष महासचिब बोधार्थ: नेपाल आदिवासी जनजाति महासंघ, केन्द्रीय कार्यलय काठमाण्डौं

images
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार - १४:५७:०३ बजे

सतीश चापागाईं

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend