Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

कोरोनाले अमेरिकाका पत्रकारहरुको अधिबेशन सर्यो

कोरोनाले अमेरिकाका पत्रकारहरुको अधिबेशन सर्यो

नेप्लिज डायस्पोरा

३, चैत्र २०७६
images
कोरोनाका कारण नेजाको अधिबेशन अनिश्चित समयका लागि रोकिएको छ । नेजाका महासचिव किरण मरहठ्ठाले एक प्रेस बिज्ञप्ति जारि गर्दै उक्त कुराको जानकारी गराउनु भएको हो । नेजा अमेरिकामा रहेका नेपाली पत्रकारहरुको संस्था साझा संस्था हो । मितिः १६ मार्च २०२० । अत्यन्तै जरूरी प्रेस विज्ञप्ती नेपाल अमेरिका पत्रकार संघ (नेजा) को सातौ अधिवेशन तथा १४ औं बार्षिक साधारण सभा आउँदो मे २ र ३ तारिक न्यूयोर्कमा गर्ने गरि सबै तयारीहरु तीब्र रुपमा अघि बढिरहेको सन्दर्भ यहाँहरु सबैमा अवगतनै छ । तर विश्वभरि स्वास्थक्षेत्रमा फैलिएको महामारी कोरोना भाइरसले यतिखेर जनस्वास्थ, आर्थिक, सामाजीक क्षेत्रमा निकै ठूलो असर पारिरहेको छ । हालसम्म यो रोगको उपचार विधि, खोपनै चिकित्सकहरुले पत्ता लगाउन सकिरहेका छैनन् । यही रोगसँग लड्नका लागि अमेरिकी सरकारले घोषणा गरेको स्वास्थक्षेत्रको संकटकाल, सभा सम्मेलनहरु नगर्न दिएको निर्देशनबाट पनि हामीहरु कोही पनि अनविज्ञ छैनौ । नेजाको अधिवेशनको तयारी अन्तिम चरणमा पुगिसकेको अवस्थामा गत सातादेखिनै नेजाका सदस्यहरु, सल्लाहकार, सरोकारवाला सबैबाट स्थगित गर्न सामाजीक सञ्जाल, फोनबाट पटक पटक अनुरोध आइरहेको व्यहोरा पनि जानकारी गराउन चाहन्छौँ । यस्तो अवस्थामा अधिवेशन गर्नु वान्छनीय भए नभएको विषयमा परामर्शका लागि मार्च १५ तारिक बिहान सल्लाहकारहरु सम्मिलत बैठक र साँझ सम्पन्न कार्यसमितिको बैठकले ‘कोरोना प्रकोप नियन्त्रणमा नआएसम्म र सरकारले सभा सम्मेलन गर्न स्विकृती प्रदान नगरेसम्मका लागि स्थगित गर्ने’ निर्णय गरेको जानकारी गराउन चाहन्छौँ । नेजाका नयाँ सदस्यताको लागि दरखास्त दिने समय आजै साँझदेखि बन्द भएको छ । सदस्यता नवीकरण भने मार्च ३१ सम्म गर्न सकिनेछ । ‘प्रयास’ स्मारिकाको काम भने नियमित रुपमा समितिबाट अघि बढिरहने भएकोले लेख रचनाका लागि पुनः आव्हान गर्न चाहन्छौ । प्रतिकुल अवस्थाका कारण अन्तिम समयमा आएर अधिवेशन स्थगित गर्नुपरेको कारण पर्न गएको असर प्रति नेजा कार्यसमिति क्षमाप्रार्थी छ । यो महामारी चाँडै नियन्त्रणमा आउनेछ र अधिवेशन गर्न सहजता आउनेछ भन्ने विश्वास नेजा कार्यसमितिले लिएको छ । यस अघिको प्रेस रिलिजमा नबिकरण मिति मार्च १५ हुन गएकोमा सच्चाईएको छ । पुराना सदस्यले मार्च ३१ तारिक सम्म नबिकरण गरि सक्नुहुनअनुरोध गरिन्छ । मितिः मार्च १५, २०२० किरण मरहठ्ठा महासचिव

images
प्रकाशित मिति :चैत्र ३, २०७६ सोमवार - १०:३४:३७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend