Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

पूर्व मिस नेपालको डिभोर्स

पूर्व मिस नेपालको डिभोर्स

नेप्लिज डायस्पोरा

३, चैत्र २०७६
images
काठमाडौ । पूर्व मिस नेपाल उषा खड्गीले आफ्नो १७ वर्ष लामो वैवाहिक जीवन टुङ्ग्याएको बताएकी छिन्। उषा खड्गी र जीपी तिमिल्सिनाले आधिकारिक रुपमा डिभोर्स गरेको कुरा उषाले फेसबुक मार्फत उल्लेख गरेकी छिन् । उषाले आफै नै डिभोर्स भएको र आफु बिगत १७ वर्ष देखि हिँसाको शिकार भएका कारण यो निर्णय लिएको जनाएकी छिन् । उषाले फेसबुक मार्फत आफु १७ वर्षको विवाह बन्धनलाई अन्त्य गर्न जरुरी भएकाले गरेको उल्लेख गरेकी छिन् । उनले एक टेलिभिजनसँगको कुराकानीमा वैवाहिक सम्बन्ध तोड्ने निर्णय लिएको बताएकी हुन् । खड्गीको १७ वर्षअघि जीपी तिमल्सेनासँग विवाह भएको थियो । विवाहपछि आफूमाथि निरन्तर हिंसा भएको र यही कारण वैवाहिक सम्बन्ध तोड्ने निष्कर्षमा पुगेको उनले बताएकी छन् । आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा शनिबार स्टाटस लेख्दै उनले यस विषयमा मुख खोलेकी हुन् । ‘विवाहको १७ वर्षपछि पनि शारीरिक र मानसिक यातना सहनुपर्छ भने यसलाई निरन्तरता दिन कुनै आधार छैन । अब म भन्छु ‘नाईं’ ।’ उनले लेखेकी छन् । उनले सहयोग र मायाका लागि सबैलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘तपाईंहरुको माया र समर्थनले मलाई बलियो र साहसिलो बनाएको छ । यसैमार्फत् म मेरो र आफ्ना सन्तानको अधिकारका लागि लड्नेछु ।’ उनीहरूको एक छोरा र एक छोरी छन् । उषा सन् २००० की मिस नेपाल हुन् ।   https://youtu.be/enSHw4h0vKU   https://youtu.be/-nOYsZW0UEg

images
प्रकाशित मिति :चैत्र ३, २०७६ सोमवार - १०:४८:१८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend