११, भाद्र २०७५
तीज महोत्सब अमेरिका २०१८ : निशुल्क प्रबेश, तीजको दर खुवाइने, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने ब्यबस्था, साथमा तीजको किनमेल स्टलहरु पनि !
मिती : सेप्टेम्बर ९ तारिख आईतवार
स्थान : दुर्गा मन्दिर फेयरफ्याक्स 8400 Durga Pl, Fairfax Station, VA 22039
समय : बिहान 10.30 बजे देखी
प्रबेश : निशुल्क
सबैलाई खुल्ला निमन्त्रणा
सबैलाई निशुल्क प्रबेश, तीजको दर खुवाइने, धक फेरेर गाउने, नाच्ने, तीज मनाउने ब्यबस्था, साथमा तीजको किनमेल स्टलहरुको पनि ब्यबस्था ।
आदरणीय नेपाली सँस्कृति प्रेमीज्यूहरू,
नमस्कार ।
अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्गटन डि सी मेट्रो कमिटीको सँयुक्त आयोजनामा आगामी मिति सन् २०१८ सेप्टेम्बर ९ आईतवारका दिन फेयरफ्याक्स स्टेशन (लोरटन ) स्थित
दुर्गा मन्दिरमा हरितालिका तीज कार्यक्रम भब्यताका साथ मनाउन गईरहेको ब्यहोरा सबैलाई अबगतै छ। उक्त कार्यक्रममा नाँच तथा गितमा भागलिन चाहने दिदी-बहिनीहरूले निम्न बमोजिम मापदण्डको पालना गरि निम्न लिखित सम्पर्क ब्यक्तिहरूलाई सम्पर्क गर्नु हुन सबैमा अनुरोध छ ।
नाँचमा भागलिन निम्न बमोजिम मापदण्ड (Criteria) को पालना गर्नु पर्नेछ।
------------------------------------------------------------------------
क:- १० बर्ष भन्दा माथिकालाई मात्र सहभागि बनाईनेछ।
ख:- समूहलाई मात्र सहभागि बनाईने छ। समूह कम्तिमा ४ जनाको र बढीमा ६ जनाको हुनु पर्नेछ।
ग:- नाँच्दा साडी,कुर्तासुरूवाल,लेहङ्गा, गुन्यू चोली या लङ्ग स्कर्ट (जामा) लगाउनु पर्नेछ।
घ:- तीजको गीतमा मात्र नाँच्न दिईनेछ। र गीतको बोल नाम लेखाउदा नै उपलब्ध गराउनु पर्नेछ। तीज जितको नाममा उच्छृङखल गीतलाई मान्यता दिईने छैन।
ङ:- गीत बढीमा ५ मिनेटको हुनु पर्नेछ।
च:- कार्यक्रम शुरू हुनु भन्दा कम्तिमा ५ दिन अगाडी( September 4th सम्म ) नाम लेखाउनु पर्नेछ। नाम लेखाउदा गीतको बोल, समूह सँख्या पनि लेखाउनु पर्नेछ।गीत USB Flash drive मा लिएर आउनु पर्नेछ।
छ:- नाँच अप्रतिस्पर्धी हुनेछ।
ज:- कार्यक्रम स्थलमा नाम लेखाईने छैन।
झ:-सम्पर्क ब्यक्तिहरू:-
पुष्कर पन्त :- 703-867-5962
मुकुन्द कोईराला :- 5713552676
रोजा ओली :- 7609890636
हामी हरेक हरेक लाई नाच्न र गाउन अबसर दिन्छौँ तर अब्यब्स्थित रुपमा होइन ब्यबस्थित रुपमा त्यसैले समय मै आ आफ्नो ग्रुपको नाम लेखाइ सहयोग गरिदिनुहुन सादर निबेदन छ ।
गीतमा भागलिन निम्न बमोजिम मापदण्ड(Criteria)को पालना गर्नु पर्नेछ।
-------------------------------------------------------------------
क:- १६ बर्ष भन्दा माथिकालाई मात्र सहभागि बनाईनेछ।
ख:- तीजको पहिरनमा हुनु पर्नेछ। (साडी,कुर्तासुरूवाल,लेहङ्गा, गुन्यू चोली या लङ्ग स्कर्ट (जामा) लगाउनु पर्नेछ)
ग:- तीजको गीत मात्र गाईने छ।
घ:- गीत बढीमा ५ मिनेटको हुनेछ।
ङ:- समूह कम्तिमा ४ जनाको र बढीमा १६ जनाको हुनुपर्ने छ।
च:- कम्तिमा ५ दिन अगाडी (September 4th सम्म) नाम लेखाउनु पर्नेछ।
छ:- कार्यक्रम स्थलमा नाम लेखाईने छैन।
ज: सम्पर्क ब्यक्तिहरू:-
पुष्कर पन्त :- 703-867-6962
मुकुन्द कोईराला :- 571-355-2676
रोजा ओली :- 760 989- 0636
अनुरोध:- यदि सम्पर्क ब्यक्तिहरूको फोन नउठेको खण्डमा कृपया टेक्स्ट म्यासेज गर्नु हुन अनुरोध छ ।
*************
महिलाहरुको महान चाड तीज नजिकिँदैछ । यस बर्ष पनि हामीले गत एघार बर्ष देखी गर्दै आएको तीज महोत्सबलाई निरन्तरता दिने भएका छौं । तपाईंहरु सबैलाई तीज महोत्सबको चुल्हे निम्तो छ । आउनुस् तीजको दर खानुस, नाच्नुस, गाउनुस, रमाउनुस् ।
आकर्सण:
१- तीज गीत र नाच
२- दिदी बहिनीको खुला नाच, जसले पनि नाच्न र गाउन पाउने
३- निशुल्क तीजको दर ( खानाको ब्यबस्था )
४- प्रबेश निशुल्क
५- दुर्गा मन्दिर दर्शन, पूजा र तीज नाचगान ब्यबस्था एकै ठाउँँमा
६- निशुल्क पार्किङ ब्यबस्था
७- नेपाली महिलाहरुका लागि चुरा, पोते, सारी लगायतका सामाग्रीका स्टलहरु रहने जहाँ तपाईंले खोजेको रोजेको सामान किन्न पाउनुहुने छ ।
८ - स्टल राख्न चाहनुहुने, स्पोन्सर गर्न चाहनुहुने महानुभाबहरुले हामीहरुसँग संपर्क राख्न सक्नुहुनेछ ।
९ - यस पटक अझ बिशेष र भब्य रुपमा तीज महोत्सब हुने छ । कृपया आफ्नो क्यालेन्डर मार्क गर्न नभुल्नुहोला ।
आयोजक:
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज वाशिङ्टन डिसी मेट्रो कमिटी
र अन्तर्राष्ट्रिय कलाकार मँच, अमेरिका
प्रकाशित मिति :भाद्र ११, २०७५ सोमवार -
२०:३५:०६ बजे